काठमाडौंका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा
काठमाडौं । जल तथा मौसम विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा हाल सम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्क अनुसार हालसम्म कै धेरै पानी परेको उल्लेख गरिएको छ । जस अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौंको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौँ विमानस्थलको वर्षा मापन…
















