समाचार

कैलालीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कैलालीको धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्ट रहेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका विष्टको ज्यान गएको हो। कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको थियो। टिप्परको ठक्कर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाल उनको शव…
पुरा पढ्नुहाेस्
कोसी प्रदेशमा धेरै भारीदेखि अति भारी वर्षा, सतर्क रहन आग्रह

कोसी प्रदेशमा धेरै भारीदेखि अति भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । कोसी प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएकाले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ । पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पछिल्लो १२ घण्टामा कोसी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको छ । पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, कोसी र मधेसमा भारी वर्षाको सम्भावना ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया…
पुरा पढ्नुहाेस्
थाइल्यान्डसँग नेपाल पराजित

थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालकी महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग १÷० गोलअन्तरले पराजित भएकी छ। थाइल्यान्डको ‘क्लोज डोर’ खेलमा नेपालले पहिलो हाफमा थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। तर, दोस्रो हाफमा थाइल्यान्डले एक गोल गर्दै जित हासिल गर्‍यो। नेपाल एएफसी महिला एसियन कप छनोटको तयारी गरिरहेको छ। यसै क्रममा नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्नेछ। प्रकाशितस् १६ जेष्ठ २०८२ १९स्३५ शुक्रबार
पुरा पढ्नुहाेस्
असार २४ सम्म काठमाडौँका यि क्षेत्रमा निषेधित क्षेत्र घोषणाः प्रदर्शनीका कुनै पनी कार्यक्रम गर्न नपाइने

असार २४ सम्म काठमाडौँका यि क्षेत्रमा निषेधित क्षेत्र घोषणाः प्रदर्शनीका कुनै पनी कार्यक्रम गर्न नपाइने

काठमाडौं: राजसंस्था पुनःस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनलाई निरन्तरता दिएको छ। राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग राख्दै राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले संघीयता खारेज गर, गणतन्त्र खारेज गर, हिन्दुराष्ट्र कायम गरलगायतका नारा लगाएका थिए। राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरूको संयुक्त प्रयास भएको समितिले जनाएको छ। प्रदर्शनका क्रममा राप्रपा नेता ज्ञानेन्द्र शाहीले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले राजसंस्था र हिन्दू राज्यसहितको नयाँ व्यवस्था कायम हुनुपर्ने बताए। उनले मुलुकमा राष्ट्रपति नभइ अभिभावकीय संस्थाका रूपमा राजा चाहिने बताए। राजसंस्था पुनःस्थापनाको…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

२०८२ जेठ १६, धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाले शुक्रवार आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ। विशेषगरी रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा जोड दिइएको छ। सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारेको छ। त्यस्तै, गाउँ–गाउँमा आवासीय विद्यालय, खेलकुद मैदान निर्माण, स्वास्थ्य बीमा, तथा पूर्वाधारको विकासका कार्यक्रमलाई पनि अगाडि बढाउने…
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् । १ सय ८८ मत बढी ल्याउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए ।…
पुरा पढ्नुहाेस्
यूरोको भाउ बढ्दा डलर कति पुग्यो

यूरोको भाउ बढ्दा डलर कति पुग्यो

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर…
पुरा पढ्नुहाेस्
हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

२०८२ जेष्ठ १० । मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। मिथुन प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। कर्कट रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। सिंह सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न…
पुरा पढ्नुहाेस्
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न (रास्वपा)ले बैठक बोलाएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । साथै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान, सुदुरपश्चिम सहित देशभर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान, मौसम विज्ञान विभागका, पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन…
पुरा पढ्नुहाेस्