समाचार

दशैको मौका पारी  अनावश्यक भाडा असुलेको आरोपमा १३ जनालाई पक्राउ 

दशैको मौका पारी  अनावश्यक भाडा असुलेको आरोपमा १३ जनालाई पक्राउ 

काठमाडौँ । दशैको मौका पारी गाउँघर फर्किन खोज्नेहरूसँग तोकिएको भाडा दर विरुद्ध भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरू रहेका छन् । l १३ जनामध्ये काठमाडौँको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार बल्खु र कोटेश्वर लगायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाइएको छ ।
पुरा पढ्नुहाेस्
बडादसैँ: सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

बडादसैँ: सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौँ । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् । दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय…
पुरा पढ्नुहाेस्
आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६: १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको…
पुरा पढ्नुहाेस्
आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड 

आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने बताएका छ्न । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहको निर्वाचनमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका हुन। यश अघिका निर्वाचनमा गरेको गठबन्धनले पार्टीलाई कुनै फाइदा नभई उल्टै पार्टीको पहिचाननै कमजोर भएर गएको बताए । देशब्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले आफ्नो तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए। उनले प्राकृतिक…
पुरा पढ्नुहाेस्
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ  । आज बडादसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश…
पुरा पढ्नुहाेस्
विश्व रेबिज दिवस;  बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप

विश्व रेबिज दिवस;  बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप

बर्दगोरिया । विश्व रेबिज दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा घरपालुवा र छाडा कुकुरहरूको उक्त रेबिज विरुद्धको खोप लगाइएको छ । कुकुरको टोकाई बाट लाग्ने उक्त रोगको निराकरण गर्ने उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बर्दगोरिय गाउँपालिका भित्र रहेका करिब १ सय ४५ वटा घरपालुवा र १ सय ४६ वटा छाडा कुकुर गरी जम्मा ३ सय कुकुरहरू लाई उक्त रेबिज विरुद्धको खोप लगाइएको बर्दगोरिया पशु सेवा शाखाले जनाएको छ  । खोप कार्यक्रममा भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा. मिलन खनाल, बर्दगोरिया  पशु सेवा शाखाका भेटेरिनरी अधिकृत जय प्रसाद…
पुरा पढ्नुहाेस्
बाढी पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग दसैँअघि सम्म नखुल्ने

बाढी पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग दसैँअघि सम्म नखुल्ने

काठमाडौँ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट अवरुद्ध बिपी राजमार्ग दसैँअघि सञ्चालन नहुने भएको छ । बाढी पहिरोबाट राजमार्गको १२ किलोमिटर सडक बगेको छ । तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको हो । उक्त राजमार्गमा झन्डै ५ सय बढी गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेका छन । हाल ती फसेकाहरुलो उद्धार कार्यको प्रयास भइरहेको र दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने मन्त्रालयले जनाएको छ ।
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न

बौनियाँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जन वर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट दल बहादुर तिरुवाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी समेत गरेको छ । सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नेपाल दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले हरेक सामुदायिकका पीडा बोक्ने पार्टी भनेको माओवादी केन्द्र मात्र भएको जिकिर गरे । उनले भने– “विगतलाई निहाल्ने हो भने विगतका दिनमा दलित, जनजाति, महिला लगायत पिछडिएका वर्ग तथा समुदायले आफ्नो आवाज खुलेर राख्ने अवस्था नभएको…
पुरा पढ्नुहाेस्
धनगढी देखि बौनियाँ हुँदै मोहन्याल १ सम्मका लागि बस संचालनमा

धनगढी देखि बौनियाँ हुँदै मोहन्याल १ सम्मका लागि बस संचालनमा

कैलाली । कैलाली जिल्लाको दुर्गम पालिका मोहन्याल गाउँपालिकामा आज देखि रिभर साइड यातायात प्रा।ली।को बस सञ्चालनमा आएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका देखि बर्दगोरिया गाउँपालिका हुँदै मोहन्याल गाउँपालिका वडा नं १ तल्ला पानी जाने भएको हो । बिहीबार आज बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी ९लालदीप० ले उक्त रुटका लागि सञ्चालनमा आएको बस सेवाको बौनिया बजारमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष गिरिले विगत दिनमा पैदल यात्रा गर्नु पर्ने भए पनि पछिल्लो समयमा देशमा भइरहेको क्रमशः विकासका कारण आज त्यहाँका आम जनसमुदायलाई सहज रूपमा यात्रा गराउन निम्ति बस सञ्चालनमा आएको बताए । उक्त…
पुरा पढ्नुहाेस्
आजबाट बडादसैँ सुरु, घटस्थापनाको साइत ९ः१६ बजे

आजबाट बडादसैँ सुरु, घटस्थापनाको साइत ९ः१६ बजे

काठमाडौँ । हिन्दुहरूको महान् चाड वडा दशै आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने…
पुरा पढ्नुहाेस्