समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र…
पुरा पढ्नुहाेस्
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। शुक्रबार आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर…
पुरा पढ्नुहाेस्
आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो

आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो

काठमाडौँ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै अधिकांश बैंकहरुले साउनका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले असारमा ५.४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ ।   एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ ।   यस्तै अर्को ठुलो बैंक नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ । यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६…
पुरा पढ्नुहाेस्
आज साउने सक्रान्ती;  देशभर स्नान, दान एवं लुतो फालेर मनाइँदै

आज साउने सक्रान्ती;  देशभर स्नान, दान एवं लुतो फालेर मनाइँदै

काठमाडौँ । आज साउन १ गते । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग…
पुरा पढ्नुहाेस्
नयाँ आर्थिक वर्षको पहिलो दिन; यस्तो छ विदेशी मुद्राको विनिमय दर

नयाँ आर्थिक वर्षको पहिलो दिन; यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२/८३ को आजबाट सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नियमित रूपमा सार्वजनिक गर्दै आएको विदेशी मुद्राको विनिमय दर आज पनि सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।  त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्टर्लिङ…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशभर वर्षाको सम्भावना 

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई…
पुरा पढ्नुहाेस्
जनकल्याण सामुदायिक वन मोहन्याल ३ द्वारा विद्यालयलाई आर्थिक सहयोग

जनकल्याण सामुदायिक वन मोहन्याल ३ द्वारा विद्यालयलाई आर्थिक सहयोग

बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौना रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई आर्थिक नगद सहयोग गरेको छ ।   सामुदायिक बनले स्थानीय विद्यालयहरूलाई कुल रु ९ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।   सामुदायिक बनले शिक्षा क्षेत्रको सुदृढीकरणमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले अत्यन्तै सकारात्मक रूपमा लिएका छन् । साथै स्थानीय तथा विद्यालय परिवारले सामुदायिक बनलाई धन्यवाद व्यक्त गरेका छन् । सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले सामाजिक उत्तरदायित्व सँगै विद्यालयलाई केही राहत होस भन्ने उद्देश्यले सहयोग गरेको बताए । सामुदायिक बन सबैको हो,त्यसैले विद्यालयलाई केही नगद सहयोग गर्दा सहयोग पुगोस्…
पुरा पढ्नुहाेस्
स्थानीय सेवा ऐनः बर्दगोरियका २१ कर्मचारीको बढुवा, हेर्नुहोस नामसुची सहित

स्थानीय सेवा ऐनः बर्दगोरियका २१ कर्मचारीको बढुवा, हेर्नुहोस नामसुची सहित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका २१ जना कर्मचारी बढुवा भएका छ । प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ ल्याए सँगै बर्दगोरिया गाउँपालिकाका २१ जना कर्मचारी बढुवा भएको हो ।   जसमा स्वास्थ्य क्षोत्रमा कार्यारत ६ जना, लेखामा कार्यारत ३ जना, प्राविधिक ६ जना र प्रशासन सहित अन्य ६ जनाको एक तह वृद्धि सहित तह मिलान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले जानकारी दिए । उनका अनुसार पालिकामा कार्यरत ८ जना चौथोबाट पाँचौँ तहमा बढुवा भएका छन् भने ९ जना पाँचौँबाट छैटौँ तहमा बढुवा भएका छन् । यस्तै ४ जना छैटौँबाट सातौँ तहमा बढुवा भएका छन् ।…
पुरा पढ्नुहाेस्
उपल्लो मुस्ताङमा बाढी बगायो ७ पुल, डेढ करोड बढीको क्षति

उपल्लो मुस्ताङमा बाढी बगायो ७ पुल, डेढ करोड बढीको क्षति

मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले…
पुरा पढ्नुहाेस्