समाचार

लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी

लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी

लम्की ।  कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ मा सञ्चालित लम्की बहुमुखी क्याम्पस तालाबन्दी गरिएको छ । शनिवार स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) सभापति तपेन्द्र प्याकुरेलको नेतृत्वमा क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पस स्वबियू समितिले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसमा तालाबन्दी गरेको जानकारी दिएको छ  । स्वबियू सभापति तपेन्द्र प्याकुरेलको हस्ताक्षरित विज्ञप्तिमा यस्तो भनिएको छ “ परीक्षार्थी हरूलाई बस नपठाउने निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्रिविको परीक्षा तालिका अनुसार २०८२ साउन ११ र १२ गते देखि सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा दिने विद्यार्थीहरूका लागी लम्की बहुमुखी क्याम्पस बाट परीक्षा केन्द्रसम्म जान आउन सहज होस भनी…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव कमजोर; भारी वर्षाको सम्भावना न्यून

मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव कमजोर; भारी वर्षाको सम्भावना न्यून

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना…
पुरा पढ्नुहाेस्
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत । भेरी नदीमा गए राति टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।   जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए ।   उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।   भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए…
पुरा पढ्नुहाेस्

देशभर मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर…
पुरा पढ्नुहाेस्
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तीन संसदीय समितिको बैठक पनि आजै आजै तीन वटा संसदीय समितिको बैठक बस्दै छ…
पुरा पढ्नुहाेस्
श्री बाल कन्या मा.वि.को १२ र ४ कोठे पक्की भवनको पालिका अध्यक्ष कुँवर द्वारा सम–उद्घाटन 

श्री बाल कन्या मा.वि.को १२ र ४ कोठे पक्की भवनको पालिका अध्यक्ष कुँवर द्वारा सम–उद्घाटन 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित श्री बाल कन्या माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे र ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ ।   बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सोमबार एक औपचारिक कार्यक्रमका बिच भवनको रिबन काटेर उद्घाटन गरेका हुन ।   भवनको उद्घाटन भएसँगै अव श्री बाल कन्या माध्यमिक विद्यालयका विद्यार्थी हरूले सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएका छन । विगतका दिनमा टिनका छाना मुनि रही अध्ययन गराउँदै आएको श्री बाल कन्या माध्यमिक विद्यालयले अबका दिनहरूमा सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने भएको हो ।  …
पुरा पढ्नुहाेस्
बर्दगोरिया –६ मा यस वर्ष पनि गुरही असरैना कार्यक्रम भव्य रुपमा मनाइदैँ

बर्दगोरिया –६ मा यस वर्ष पनि गुरही असरैना कार्यक्रम भव्य रुपमा मनाइदैँ

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा हरेक वर्ष जस्तै यस वर्ष पनि थारु समुदायको पहिलो टिहुवारका रूपमा रहेका गुरही असरैना कार्यक्रम हुने भएको छ ।   “थारु भाषा ,सांस्कृतिक हमार पहिचान संरक्षण , संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ हरेक वर्ष नाग पञ्चमीका दिन थारु समुदायले आफ्नो पहिलो टिहुवारका रूपमा मनाउने गुरही असरैना कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सञ्चालन हुने भएको हो ।   तर विगतका दिनहरूमा गुरही असरैना विशेष रूपमा हुने यो कार्यक्रम यस वर्ष भने नाग पञ्चमीलाई समेत विशेष रूपमा समेटिने भएको छ । कार्यक्रम श्रावण १३ गतेका दिन हुने आयोजक संस्था कैलाली…
पुरा पढ्नुहाेस्
आज साउनको पहिलो सोमबार स् किन गरिन्छ शिवजीको पूजा तथा आराधना ?

आज साउनको पहिलो सोमबार स् किन गरिन्छ शिवजीको पूजा तथा आराधना ?

काठमाडौँ । श्रावण महिना शिवभक्तहरूको विशेष महिना मानिन्छ । श्रावण महिनाको विधिपूर्वक सोमबार व्रत गर्नुपर्दछ । समर्थ व्यक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमबारका दिन शिव पूजाको ठुलो महत्त्व छ ।   प्रदोष आदि नभए पनि सोमबारका दिन शिवको पूजा तथा आराधना गर्नुपर्दछ । यसरी जसले श्रावणको सोमबारका दिन भगवान् शिवको आराधना गर्दछन् तिनीहरूका निमित्त इहलोक र परलोकमा दुर्लभ भन्ने वस्तु हुँदैन ।   सोमबारको व्रत लिने मानिसले पवित्र भएर आफ्ना इन्द्रियहरूमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रहरूद्वारा विधिवत् शिवको पूजा गर्नुपर्दछ । ब्रह्मचारी, गृहस्थ, विवाहित वा अविवाहित नारीले सोमबारको दिन…
पुरा पढ्नुहाेस्
धनगढीमा आगलागी, ३ पसलका ८ सटर जले

धनगढीमा आगलागी, ३ पसलका ८ सटर जले

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–४, नाष्ट कलेज नजिक गएराती भीषण आगलागी भएको छ। राति करिब १०ः५० बजे सुरु भएको आगलागी सेन्टर पोइन्ट रेस्टुरेन्ट, हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स लगायतका आठवटा सटरमा फैलिएको थियो। स्थानीय व्यापारी विश्व प्रकाश कडेलद्वारा सञ्चालित ती पसलहरूमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो लागेपछि सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) बाल नरसिंह राणाको कमाण्डमा खटिएको नेपाल प्रहरीको ४५ जनाको टोली र सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) सरोज खतिवडाको कमाण्डमा २५ जनाको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। धनगढी उपमहानगरपालिकाबाट २ वटा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ५ को निर्मित श्री राम जानकी मन्दिरको पूर्व मन्त्री चौधरीद्वारा उद्घाटन

बर्दगोरिया ५ को निर्मित श्री राम जानकी मन्दिरको पूर्व मन्त्री चौधरीद्वारा उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा नव निर्मित श्री राम जानकी मन्दिर भवनको आइतबार सुदूरपश्चिम प्रदेश सरकारका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले उद्घाटन गरेका छन । वडाको रामपुर गाउँमा प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय द्वारा विनियोजित १० लाख रुपैयाँ बाट उक्त श्री राम जानकी मन्दिरको भवन निर्माण सहित गेट निर्माण गरिएको हो । आइतबार बदगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले गरेका थिए । कार्यक्रममा नव निर्मित भवनको उद्घाटन…
पुरा पढ्नुहाेस्