
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो
कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनको भनाइ छ, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताए । कडारा परिवारजस्तै छिमेकमा…