सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत जोशीको विदाई
बौनिया । सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत कृष्णदेव जोशीको बिहीबार एक औपचारिक कार्यक्रमका बीच विदाई गरिएको छ । २०५२ सालदेखि साविक कोटातुल्सीर स्वास्थ्य केन्द्रबाट आफ्नो स्वास्थ्य सेवा सुरु गरेका जोशीको बिहिबार एक औपचारिक कार्यक्रम बीच विदाई गरिएको हो। जोशी नियमित ३० वर्षदेखि नियमित स्वास्थ्य क्षेत्रमा कार्यरत थिए । आफ्नो कार्यकालमा आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि आफू कार्यरत रहेको स्थानका नागरिकको स्वास्थ्यप्रति निकै नै जिम्मेवारी रही आफ्नो कार्यकुशलता निर्वाह गरेका थिए। साविक कोटा तुल्सीपुर स्वास्थ्य चौकीबाट आफ्नो स्वास्थ्यकर्म सुरु गरेका जोशी विभिन्न स्वास्थ्य संस्थाबाट सेवा प्रभाव गर्दै हाल पुन बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको कोटातुल्सीपुर स्वास्थ्यचौकी स्वास्थ्य प्रमुख पदमा…















