बर्दगोरियाले मनायो २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाएको छ । “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मुल नारा सहित गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव धान रोप्दै मनाएको हो । गाउँलालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरी , स्थानिय सरकारका प्रबक्ता मिथुन गौतम, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, कृषकहरु लगाएतका व्यक्तिहरुको सहभागितामा पालिकाले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाएको हो । रोपाइँ दिवस पलिकाले वडा नम्बर २ स्थित दोघरा टोलमा १० कठ्ठा जमिनमा धान रोप्दै मनाइएको हो ।…
















