बर्दगोरिया धाममा माघी मेला २०८२ हुने
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया धार्मिक क्षेत्रमा माघी मेला लाग्ने भएको छ । हरेक वर्षमा लाग्ने माघी मेलालाई यसवर्ष पनि निरन्तरता दिइएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक संरक्षण मञ्चले जनाएको छ । गाउँपालिकाको वडा नं.२ स्थित बर्दगोरिया धाममा आयोजना हुने मेलाका लागि शुक्रबार सरोकारवाला पक्षबीच छलफल गरिएको छ । माघी पर्वका असवरमा यहि पुष २८ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो । यहाँ विगतका वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनुका साथै भारतिय रामलिला लगाइने भएको छ। मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक…

















