
मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न
बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ३ फलेबिसौनामा रास्कोटी ठकुरी हरुको पारिवारिक संस्था मलय बम्म स्मृति अद्ययनन प्रतिष्ठान नेपाल लम्कीचुहा २ कैलालीको आयोजना र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा सोमबार एक दिने रक्तदान शिविर कार्यक्रम सम्पन्न भएको हो । रक्तदान शिविरका आयोजक बम्म स्मृति प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीका अनुसार मोहन्याल गाउपालिकामा प्रहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम मलय बम्म स्मृति प्रतिस्ठान का अध्यक्ष लिला जंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मोहन्याल गाउपालिका का अध्यक्ष देविदत्त उपाध्याय र विशिष्ट अतिथिमा कार्यपालिका सदस्य नानी दमाई र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक राज गिरी रहेका थिए…