मुख्य समाचार

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार शुक्र बारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्टर्लिङको मूल्यमा गिरावट आएको छ । आज अमेरिकी डलरको भाउ एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रवार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो । यस्तै, युरोपियन युरोको आजको मूल्य एकको खरिददर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कायम भएको छ भने शुक्रवार यसको एकको खरिददर १४९…
पुरा पढ्नुहाेस्
दसैँको टीकाको साइत सार्वजनिक, उत्तम साइत बिहान ११ः३६ बजे

दसैँको टीकाको साइत सार्वजनिक, उत्तम साइत बिहान ११ः३६ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसपालिको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। बडादसैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै समितिले यसपालिको दसैँको टीकाको शुभ साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको जनाएको हो । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत बिहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ः११ बजे तथा स्थिर सन ८ः४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते बिहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ।  
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै वर्षाको सम्भावना

मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणता बदली रहने छ। कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । भोलि आइतबार पनि देशभर आंशिक देखि साधारणता बदली रहने छ। कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका…
पुरा पढ्नुहाेस्
सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

रासस सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए। अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५,…
पुरा पढ्नुहाेस्
मौसममा परिवर्तन:  बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै 

मौसममा परिवर्तन:  बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै 

कैलाली । बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।  मौसममा आएको परिवर्तनसँगै  जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामीको चाप बढेका छ । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढीमा भाइरल…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान 

कस्तो रहला आजको मौसम पूर्वानुमान 

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोसी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोसी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–६ मा मनायो मनाइयो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया–६ मा मनायो मनाइयो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। ६ मा संविधान दिवस मनाइएको छ। वडा नम्बर ६ को आयोजनामा पृथ्वीपुर चौराहामा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। फोटो फिचर  
पुरा पढ्नुहाेस्
चाडपर्व लक्षितः कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्व लक्षितः कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

कोहलपुर । बाँकेको कोहलपुर बसपार्कमा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । आउँदै गरेका चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै कोहलपुरस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बाँकेको कोहलपुर बसपार्क साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लामा जानको लागि प्रयोग गरिने बसपार्क हो । पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुरमा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यात्रु सहायता कक्षाको सुरुआत गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडादसैँ, दीपावली तथा छठ लगायतका चाडपर्वहरूको अवसरमा यात्रुहरूलाई पर्न जाने समस्याहरूको सहजीकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्षले चाडपर्वको बेला आवतजावत…
पुरा पढ्नुहाेस्
देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

कैलाली । देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। हायसले ठक्करबाट घाइते भएका बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो । कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउसो निधन भएको छ। उनलाई धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले ठक्कर दिएको थियो। हायसले ठक्करबाट घाइते भएका उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक सई पनि हुन्।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संविधान दिवस मनाइएको छ। पालिकाको मुख्य बजारको रूपमा रहेको बौनिया बजारमा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।  फोटो फिचर
पुरा पढ्नुहाेस्