मुख्य समाचार

संसद् सचिवालयको आग्रह: जेनजी प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गरिदिनुस

संसद् सचिवालयको आग्रह: जेनजी प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गरिदिनुस

३० भदौ, काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।   संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो । ‘प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ’ सूचनामा उल्लेख छ । यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिन पनि अनुरोध गरिएको छ । मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ । जेनजीको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानमान: आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानमान: आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ।  कोशी, मधेस,…
पुरा पढ्नुहाेस्
प्रतिनिधि सभा विगठन लगतै सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ

प्रतिनिधि सभा विगठन लगतै सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ

काठमाडौं । पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ।   प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको हो।   सैन्य स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भए।   राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।   कार्कीले संसद् विघटनसहितका मागहरू जेनजीको माग भएको र आफू पनि उक्त मागभन्दा…
पुरा पढ्नुहाेस्
जेनजीबाट घरमै कुटिए देउवा दम्पती

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।   उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।   उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।   साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । अनलाईन खबर
पुरा पढ्नुहाेस्
पोखरामा पनि गोली प्रहार: एक जना घाइते

पोखरामा पनि गोली प्रहार: एक जना घाइते

२३ भदौ, पोखरा । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् ।  गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला…
पुरा पढ्नुहाेस्
जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो, १९४ घाइते

जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो, १९४ घाइते

काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ । घाइते भएर अस्पताल पुर्‍याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । समाचार स्रोतका अनुसार अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन : एकको उपचार क्रममा मृत्यु, करिब ७० जना घाइते

जेनजी प्रदर्शन : एकको उपचार क्रममा मृत्यु, करिब ७० जना घाइते

काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । #अनलाइन_खबर
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

२३ भदौ, काठमाडौं । सोमबार काठाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।   नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।   नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् ।   उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।
पुरा पढ्नुहाेस्