मुख्य समाचार

फरक क्षमता, अशक्त तथा ज्येष्ठ नागरिकले लाइन नलागेर मतदान गर्न पाउने

फरक क्षमता, अशक्त तथा ज्येष्ठ नागरिकले लाइन नलागेर मतदान गर्न पाउने

कैलाली । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, साना बच्चा भएका महिला तथा अन्य विशेष समूहका मतदाताले लाइन नलागी सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार फरक क्षमता भएका तथा अन्य प्राथमिकता समूहका मतदातालाई सहज रुपमा मतदानको व्यवस्था गर्न सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिएका हुन्। उनका अनुसार अन्य महिला र पुरुष मतदाताहरुले भने नियमित रूपमा लाइनमा बसेर मतदान गर्नुपर्नेछ। मतदान प्रक्रियाअनुसार मतदाताले सुरुमा ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत सेतो कागजमा रातो अक्षर रहेको मतपत्रमा उम्मेदवारलाई…
पुरा पढ्नुहाेस्
हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका–३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन् । जो गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्छ, जहाँ सडक सञ्जालले छोएको छैन । सर्केगाड गाउँपालिकामा ३०० भन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन् । वडा नं १ को देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ जना मतदाता…
पुरा पढ्नुहाेस्
दलित मुक्ति मोर्चा कैलाली २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न

दलित मुक्ति मोर्चा कैलाली २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न

बर्दगोरिया । नेपाली कमयुनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा कैलाली क्षेत्र नं २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न भएको छ। प्रतिनीधि सभा सदस्य पदको निर्वाचन नजिकिए सङ्गै नेपाली कम्युनिष्टले आफ्नो घरदैलो अभियान सङ्गै पार्टीका विभिन्न भातृ संगठनहरुले पनि आआफ्नो संघठनको भेला गर्दै कसरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदारवार कसरी विजयी गराउने भन्ने विषयमा छलफलका साथै आआफ्नो आन्तरिक तयारीमा जुटेका छन्। सोही अनुसार आज नेपाली कम्युनिष्ट पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा कैलाली क्षेत्र नम्बर २ ले मोर्चाको क्षेत्रीय भेला सम्पन्न गरेको हो । भेलामा पार्टीको उम्मेद्वार लाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्नका साथै सहभागीहरूमा प्रशिक्षण समेत गराइएको थियो ।…
पुरा पढ्नुहाेस्
बौनिया जेसीजले बर्दगोरियाका मुख्य बजारमा फहरायो नयाँ राष्ट्रिय झण्डा 

बौनिया जेसीजले बर्दगोरियाका मुख्य बजारमा फहरायो नयाँ राष्ट्रिय झण्डा 

बौनिया । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बौनिया जेसीजले नेपालको झण्डा फहराएको छ।   कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको बौनिया जेसीजले प्रजातन्त्र दिवसको अवसर पारी सडकपुर बौनिया बजार र कोटागढी बजारमा नेपालको झन्डा फराएको हो। बौनिया बजार को मुख्य चोक र कोटागढी बजारको मुख्य चोकमा फराएका झन्डा पुराना भई च्यातिएको हुँदा प्रजातन्त्र दिवसको विशेष अवसर पारी उक्त झण्डाहरु बौनिया जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर फेरेको बौनिया जेसीज वर्ष २०२६ का अध्यक्ष भीमबहादुर बिक बताए। जेसीज सधैँ समाजमा सकारात्मक कोणबाट परिवर्तन खोज्ने र युवाहरूलाई कसरी नेतृत्वदायी बनाउन सकिन्छ भन्ने कुराको मार्गदर्शक रहने हुँदा सोही कार्यअनुसार आफूहरूले उक्त झण्डा…
पुरा पढ्नुहाेस्
महाशिवरात्रिको अवसरमा बौनिया जेसीजले गर्यो साहारा घरमा सहयोग

महाशिवरात्रिको अवसरमा बौनिया जेसीजले गर्यो साहारा घरमा सहयोग

कैलाली।  महाशिवरात्रि पर्वको विशेष अवसर पारेर बौनिया जेसीजले साहारा घरमा खाद्यान्न तथा फलफूल सहयोग गरेको छ। आईतबार महाशिवरात्रि पर्वको विशेष अवसर पारेर बौनिया जेसीजले बर्दगोरिया गाँउपालिका वडा नम्बर २ स्थित साहारा घरमा खाद्यान्न तथा फलफूल सहयाेग गरेको हो । “सेवा नै धर्म हो, मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसात गर्दै शिवरात्रिका दिन सहारा घरमा खाद्य तथा फलफुल सहयोग गरेको बौनिया जेसिजका अध्यक्ष भीमबहादुर बिकले बताए। अनुसार पर्वका बेला विभिन्न धार्मिक स्थलमा गए पूजापाठ गर्ने तर जहाँ खास सहयोग मानवता आवश्यक हुन्छ त्यस ठाउँमा खासै कसैको ध्यान नजाने गरेको हुँदा। शिवरात्री जस्तो धार्मिक पर्वमा जेसिसको मूल…
पुरा पढ्नुहाेस्
डडेल्धुरा जिल्लामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु

डडेल्धुरा जिल्लामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।   जिल्लाको अजयमेरु गाउँपालिका–२ बसना स्थित चमडा–डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउँदै गरेको सु.प.प्र.०१–००२ त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी कृष्णपुर नगरपालिका–२ बाणी निवासी २० वर्षीय सन्दिप चौधरीको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका कृष्णपुर–२ बाणी निवासी २० वर्षीय जोन चौधरी र २० वर्षीय पुरन चौधरीको डडेल्धुरा अस्पताल मा उपचार भइरहेको छ। साथै २३ वर्षीय उमेश रानालाई थप उपचारका लागि धनगढी…
पुरा पढ्नुहाेस्
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन्। निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ। सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन्। आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन…
पुरा पढ्नुहाेस्
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला मौसम ?

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ। सोमबार तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
पुरा पढ्नुहाेस्
नेपाली कम्युनिस्ट पार्टी बर्दगोरिया-४ को सम्पर्क कार्यालय उद्घाटन 

नेपाली कम्युनिस्ट पार्टी बर्दगोरिया-४ को सम्पर्क कार्यालय उद्घाटन 

बौनिया । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गएसँगै नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नम्बर २ ले पार्टीको वडा सम्पर्क कार्यालयको उद्घाटनलाई पनि तीव्रता दिएको छ। सोही क्रममा आज कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा वडा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । पार्टी सम्पर्क कार्यालयको कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्दबहादुर साउद ले गरेका थिए । पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै साउदले अहिलेको निर्वाचन विषम परिस्थितिको निर्वाचन भएको बताए । यो निर्वाचनमा यहाँहरुले विशेषगरी देशको रक्षात्मक तरिकाले बुझ्न समेत आम उपस्थिति जनसमुदायमा आग्रह गरे । हुन त आम समुदायले निर्वाचन भन्ने बित्तिकै विकास निर्माणका…
पुरा पढ्नुहाेस्
नेपाली कम्युनिस्ट पार्टीले दियो घरदैलो कार्यक्रमलाई तीव्रता

नेपाली कम्युनिस्ट पार्टीले दियो घरदैलो कार्यक्रमलाई तीव्रता

बौनिया । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गएसँगै नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नम्बर २ ले प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्दबहादुर साउद ले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिने क्रममा आइतबार कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा चुनावी प्रचार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार साउदले प्रत्येक वडाबासीको घरघरमा पुगी आफ्नो एजेन्डासहित फागुन २१ गते हुने निर्वाचनमा आफ्नो चुनाव चिन्ह तारामा मतदान गरी निर्वाचित गराइदिन आम जनताहरूमा अनुरोध गरेका थिए। सोही क्रममा उनले २०७५ सालमा भएको…
पुरा पढ्नुहाेस्