
एसईई को पूरक तथा ग्रेडवृद्धि परिक्षाको मिति तय
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) मिति तय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति साउन २६ र २७ गतेको लागि तय गरेको जानकारी दिएको हो । अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ। ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा पेस गर्नुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र…