नाैलाेप्रेस डेस्क

972 Posts
तीन दलले गरे संसद् बैठक बहिष्कार

तीन दलले गरे संसद् बैठक बहिष्कार

काठमाडौँ । तीन दलले प्रतिनिधि सभा ((संसद्) बैठकमा बहिष्कार गरेका छन् ।   प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका हुन्।   नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।      
पुरा पढ्नुहाेस्
एमालेले पनि गर्‍यो सदन बहिष्कारएमालेले पनि गर्‍यो सदन बहिष्कार

एमालेले पनि गर्‍यो सदन बहिष्कारएमालेले पनि गर्‍यो सदन बहिष्कार

काठमाडौं । नेकपा (एमाले) ले पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । अवरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका जवाफ दिएपछि एमालेले पनि सदन बहिष्कार गरेको हो ।   त्यसअघि नेकपा, श्रम संस्कृति र राप्रपाका सांसद बैठक छाडेर हिँडेका थिए ।     बैठकमा कांग्रेसका सांसद उभिरहेका छन् । अहिले सांसदको संशोधन निणयार्थ पेस भइरहेको छ ।  
पुरा पढ्नुहाेस्
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ। सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार, उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरिएको हो।   समितिलाई पूर्व गृहमन्त्री गुरुङ्गबारे सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।  
पुरा पढ्नुहाेस्
श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार, झोला छोडेर हिँडे हर्क साम्पाङ

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार, झोला छोडेर हिँडे हर्क साम्पाङ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका ७ जना सांसदहरू बैठक छोडेर हिँडेका हुन् ।   सो पार्टीले हिजो पनि बैठक बहिष्कार गरेको थियो । तर आज नीति तथा कार्यक्रममाथिको छलफलमा साम्पाङसहित अन्य सांसदहरूले भाग लिएका थिए । साम्पाङले रोष्टममा उभिएर सारगर्भित मन्तव्य पनि दिएका थिए ।   तर, प्रधानमन्त्री जवाफ दिन नआउने पक्का भएपछि साम्पाङ बैठकबाट बाहिरिएका हुन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको बचाउ गर्न समय दिएपछि सबै विपक्षी सांसदहरू आफ्नो आसनबाट उठे…
पुरा पढ्नुहाेस्
खोलामा गाडेको अवस्थामा दाजुभाइको शव फेला

खोलामा गाडेको अवस्थामा दाजुभाइको शव फेला

नुवाकोट । नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा हत्या गरेर खोलामा गाडेको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेका छ ।   नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको छ ।   घटनाको प्रकृति हेर्दा दाजु-भाइमाथि पुरानो रिसिइबी साँधेर गोली हानी हत्या गरेको जस्तो देखिन्छ । तर गोली नै प्रहार भएको भन्नेबारे यकिन साथ भन्न सकिने अवस्था नरहेको लामाले बताए ।   मृत फेला पर्नेमा म्यागङ गाउँपालिका-४ किम्ताङ गाउँका ४१ वर्षिय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन् । सोमराज र सूर्यमान दाजु-भाइ हुन् । लामाका अनुसार बुधबार…
पुरा पढ्नुहाेस्
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

 काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।  बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा हावाहुरी, असिना र चट्याङ्ग सहित वर्षाको सम्भावना 

सुदूरपश्चिममा हावाहुरी, असिना र चट्याङ्ग सहित वर्षाको सम्भावना 

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।   आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।   कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई…
पुरा पढ्नुहाेस्
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।   छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।   राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।  
पुरा पढ्नुहाेस्
नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित

नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नमुना ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा भिम सिंह जाब्ली पुनः निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।   यसैगरी, सहकारीको उपाध्यक्षमा खुशिलाल चौधरी निर्वाचित भएका छन् भने सचिवमा वीर बहादुर साउद पुनः दोहोरिएका छन्। कोषाध्यक्षमा लालसरा बोगटी निर्विरोध चयन भएकी छन्।   साधारण सभाबाट सदस्यहरूमा सुईते साउद, चन्द्र बहादुर दमाई, लालबिरा बोहरा, ठगुवा भुल र केशव बहादुर शाह निर्वाचित भएका छन्। त्यसैगरी लेखा समितिको संयोजकमा मान सिंह साउद चयन हुँदा सदस्यहरूमा बिन्द्रा देवी बिष्ट र मन्माजे साउद चयन…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान; यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा…
पुरा पढ्नुहाेस्