
श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले श्री महुन्याल माध्यमिक विद्यालय बास्कोटीमा कक्षा १२ मा अध्ययनरत दिपिका डगौराको अभिभावक्तो लिएका छन । अध्यक्ष शाहीले डगौराको अभिभावक्तो ग्रहण गर्दै कक्षा १२ को अध्ययन का क्रममा विद्यालयमा लाग्ने सम्पूर्ण खर्च व्यहोरेका हुन । उनले आज विद्यालयमा स्वयं उपस्थित भइ डगौराको वर्ष भरी लाग्ने खर्च आफ्नो पारिश्रमिक मार्फत बुझाएका हुन । वडा अध्यक्ष शाहीले डगौराको पारिवारिक आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्यनलाई रोक्नु पर्ने अवस्था सृजना भएपछि आफुले आफ्नो दायित्व सम्झेर उनको अध्यनलाई निरन्तरता दिन आफ्नो पारिश्रमिक मार्फत सहयोग गरेको बताए । उनले भने -"मैले सकेसम्म…