नाैलाेप्रेस डेस्क

648 Posts
बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ…
पुरा पढ्नुहाेस्
कैलालीको भजनीमा करेन्ट लागेर एक जनको मृत्यु

कैलालीको भजनीमा करेन्ट लागेर एक जनको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिका-४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरी रहेका छ्न । उनको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो। आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
पुरा पढ्नुहाेस्
एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

बर्दगोरिया । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका छन । असोज २१ गते बाट सुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका हुन । अधिवेशन करिब ६ दिन पछि शुक्रबार सम्पन्न भएको छ । उद्घाटन सत्र पश्चात् बन्द सत्रमा सहमति जुट्न नसक्दा बिहिवार भएको मतदानको नतिजा शुक्रबार सार्बजनिक भएको हो । जसमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्षमा  कृष्ण प्रसाद जैशि सर्वसम्मत निर्वाचित भएका थिए । यसै गरि उपाध्यक्षमा काली बहादुर शाही, सचीवमा रण बहादुर चन्द,…
पुरा पढ्नुहाेस्
आज पितृपक्ष समापन गरिंदै, आइतबारदेखि दुर्गापक्ष सुरु हुँदै  

आज पितृपक्ष समापन गरिंदै, आइतबारदेखि दुर्गापक्ष सुरु हुँदै  

२७ असोज,  काठमाडौं ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले आज शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.ले गर्‍यो आ.व २०७९/८० को सामाजिक लेखा परीक्षण सार्वजनिक

श्री महुन्याल मा.वि.ले गर्‍यो आ.व २०७९/८० को सामाजिक लेखा परीक्षण सार्वजनिक

मुडा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा रहेको श्री महुन्याल माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ । शुक्रबार शिक्षक अभिभावक संघका अध्यक्ष विनोद कुमार चौधरीको सभाध्यतामा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । विद्यालयकि प्रधानाध्यापक चन्द्रीका जोशीले स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष धिरिन्द्रा जैशीको विद्यालयको पछिल्लो अव्यवस्था बारेमा अभिभावक लाई जानकारी गराउदै, यस विद्यालयलाई नमुना विद्यालय बनाउन सबै अभिभावकको अमुल्य भुमिका रहने बताइन् । विद्यालयमा आफ्ना बालबालिकालाई पढन पठाएर माय्र हुँदैन, विद्यालयले कस्तो तरिकाले आफ्ना बालबालिकालाई अध्यापन गराउदै छ्न । उनीहरू नियमित रुपमा विद्यालय आउछ्न की आउदैन, अध्ययन शिक्षालाई कसरी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ द्वारा खेलकुद सामाग्री हस्तान्तरण

बर्दगोरिया-४ द्वारा खेलकुद सामाग्री हस्तान्तरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बिहिवार वडा कार्यालयले वडामा रहेका युवा क्लब र सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । वडा अध्यक्ष जगत बहादुर शाहीले वडामा आएको निवेदनका आधारमा आफुहरुले विभिन्न खेलकुद सामाग्री सहयोग गरेको बताए । उनले भने-'अहिले हामीले वडाका सबै युवा क्लब र विद्यालयलाई समेट्न सकेका छैनौं । वडामा आएको निवेदनका अनुसार आवश्यकता बमोजिम सिमित मात्रामा मात्र हामीले खेलकुद सामाग्री हस्तान्तरण गरेका छौं ।' वडाले खेलकुद सामाग्रीमा फुटबल, भलिबल र क्रीकेट बल हस्तान्तरण गरेको छ ।
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति भने  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
आफ्नो पारिश्रमिक विद्यार्थीको भविस्यमा खर्चिदै वडा अध्यक्ष शाही

आफ्नो पारिश्रमिक विद्यार्थीको भविस्यमा खर्चिदै वडा अध्यक्ष शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर शाहीले आफ्नो पारिश्रमिक विद्यार्थीहरुको भविष्य निर्माण कार्यमा खर्चिदै छन । वडा अध्यक्ष शाहीले आफ्नो सरकारी कोषबाट आउने पारिश्रमिक विद्यार्थीहरुको भविष्य बनाउने कार्यमा खर्चिदै आएको छन । जस अनुसार मंगलबार मात्र पालिकाको वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययनरत दिपिका डगौराको विद्यालयमा आउने सम्पूर्ण वार्षिक शुल्क बुझाइ दिएका छ्न । आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्ययन लाई छोड्न बाध्य भएकी दिपिकाको अध्ययन लाई निरन्तरता दिन शाहीले आफ्नो पारिश्रमिक बाट विद्यालयमा वार्षिक रुपमा आउने सम्पुर्ण शुल्क बुझाई दिएका हुन । वडा अध्यक्ष शाहीले भने -…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा भोलि नि;शुल्क आँखा चेकजाँच शिविर संचालन हुँदै

बर्दगोरिया-५ मा भोलि नि;शुल्क आँखा चेकजाँच शिविर संचालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा एक दिने नि;शुल्क आँखा चेकजाँच शिविर संचालन गरिने भएको छ । वडा नम्बर ५ को आर्थिक सहयोग तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त १ दिने निःशुल्क आँखा चेकजाँच शिविर संचालन हुन लागेको हो । मंगलबार वडा कार्यालयले एक सूचना जारी गर्दै वडा कार्यालयले असोज २५ गते बिहिवारका दिन नि;शुल्क आँखा चेकजाँच शिविर संचालन गरिने जानकारी दिएको हो । कार्यक्रम वडा नम्बर ५ को कार्यालयमा बिहान १० बजे देखि संचालन गरिने छ । शशिविरबाट निःशुल्क रुपमा आँखा चेकजाँच गरिनुका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिने…
पुरा पढ्नुहाेस्