नाैलाेप्रेस डेस्क

550 Posts
“जनतासँग माओबादि बिशेष रुपान्तरण अभियान” बर्दगोरिया र घोडाघोडी स्वागत

“जनतासँग माओबादि बिशेष रुपान्तरण अभियान” बर्दगोरिया र घोडाघोडी स्वागत

बर्दगोरिया । नेकपा माओवादी केन्द्रको "जनतासँङ्ग माओबादि बिशेष रुपान्तरण अभियान" आज बाट देशभर शुभारम्भ भएको छ। जस अनुसार कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको नेकपा ( माओबादी केन्द्र) गाउँ कमिटीले पनि आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभियानको शुभारम्भ भएको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा बर्दगोरिया गाउँपालिकाका लागि मनोनीत अभियानका संयोजक हरि चौधरी (उत्सव) रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले अब पार्टीलाई बलियो मजबुत बनाउने जिम्मा सबैको रहेको बताए । उनले भने पार्टी कसरी बिग्रन पुग्यो? कस्को कारण बिग्रीयो? किन बिग्रीयो ? भन्ने कुरा सहायक राख्दै पार्टी केन्द्रको निर्देशन अनुसार सबैले…
पुरा पढ्नुहाेस्
नेपाल बाल विकास शिक्षक संघर्ष समितिले बुझायो बर्दगोरिया गाउँपालिकालाई २ बुदे ज्ञापनपत्र

नेपाल बाल विकास शिक्षक संघर्ष समितिले बुझायो बर्दगोरिया गाउँपालिकालाई २ बुदे ज्ञापनपत्र

बर्दगोरिया । नेपाल बालविकास शिक्षक संघर्ष समितिले बर्दगोरिया गाउँपालिकामा २ बुदे ज्ञापनपत्र बुझाएको छ । बुधबार आज संघर्ष समितिको अध्यक्ष लक्ष्मी बिनाडी सहितको टोलीले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको कार्यकक्षमा पुगि २ ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष कुँवरले गाउँ सरकारले अहिले विशेष गरि शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिएको बताए । सोही अनुसार बाल बिकास शिक्षक संघर्ष समितिको मागलाई पनि आफुले गम्भीर भएर लिएको बताए । उनले भने- "अहिले यो शैक्षिकसत्रमा पालिकाले कक्षा १० सम्म नि:शुल्क शिक्षा प्रदान गराएको छ । आउँदो नयाँ शैक्षिकसत्रदेखि कक्षा १२ सम्म पालिकाले नि:शुल्क अध्यापनको व्यवस्थापन गर्ने लक्ष लिएको छ ।…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु

बर्दगोरियामा ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका कृषि विकास शाखाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमको ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु गरेको छ । कृषि विकास शाखाको गत साउन २४ गते प्रकाशित सुचना बमोजिम आवेदन दिएका बर्दगोरियाका कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी तथा कृषि उद्यमीहरुलाई व्यवसायिक खेती गर्नको लागि तरकारीको बीउ वितरण कार्यक्रम सुरु गरेको कृषि विकास शाखा बर्दगोरिया ६ अन्तर्गतकी इकाई प्रमुख आशिका कठरियाले बताउनु भयो । शाखाले सुचना प्रकासित गर्दै भदौ ११ गते देखि कार्यालयको कृषि विकास शाखा र पालिकाको वार्ड नम्बर -६ अन्तर्गत रहेको कृषि इकाई बाट यो सुविधा लिन सकिने जनाइएको…
पुरा पढ्नुहाेस्
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीलाई बर्दगोरिया स्वागत

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीलाई बर्दगोरिया स्वागत

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई बर्दगोरिया गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । मंगलबार पालिकामा पुगेका मन्त्री चौधरीलाई यहाँका जनप्रतिनिधिले स्वागत गरेका हुन । मन्त्री बनिसकेको लामो समयपछि पालिकामा पुगेका चौधरीलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,निवर्तमान गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले टीका र खादा लगाएर स्वागत गरेका छ्न । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी तथा पालिकाका विभिन्न…
पुरा पढ्नुहाेस्
तीन महिने अभियान; वडा–वडामा माओवादी केन्द्रका नेताहरू

तीन महिने अभियान; वडा–वडामा माओवादी केन्द्रका नेताहरू

काठमाडौँ । नेकपा ( माओवादी केन्द्र) का नेताहरू यतिखेर वडा–वडामा पुग्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल नेकपा ( माओवादी केन्द्र) का नेताहरु यतिखेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेका हुन । साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ । भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; देशभर वर्षा

मौसम पूर्वानुमान; देशभर वर्षा

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार देशभरको।मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कोशी,  बागमती,  गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
क्रिकेटर लामिछानेको मुद्दाको आज पनि सुनुवाइ भएन

क्रिकेटर लामिछानेको मुद्दाको आज पनि सुनुवाइ भएन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज पनि सुनुवाइ भएन । काठमाडौँ जिल्ला अदालतमा आइतबारका लागि पेसी तोके पनि मुद्दाको आज पनि सुनुवाइ भएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत वर्ष कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा राखिएको छ । न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् । यता एसिया कपका लागि सन्दीपलाई पाकिस्तान…
पुरा पढ्नुहाेस्
सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार पहेलो धातु सुनको मूल्य स्थिर रहेको नेपाल चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो । सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य…
पुरा पढ्नुहाेस्
वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्येष्टि

वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिनेछ । ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो । गत असारमा छोरा सारुक ताम्राकार घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनले ‘जीवन रेखा,…
पुरा पढ्नुहाेस्
बर्दगोरिया- ६ सुगरखालमा निर्माणधीन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

बर्दगोरिया- ६ सुगरखालमा निर्माणधीन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्माणधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरण रहेको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ र घोडाघोडी नगरपालिका वडा नम्बर ३ जोडने (काडा नदीमा) निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा रहेको हो । सम्झौता भएको करिव ३ वर्ष पछी उक्त झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न हुन लागेको हो । झोलुङ्गे पुलमा समान्यतया मानिस आवतजावत गर्न सुरु गरिसकेका भएपनि औपचारिक रुपमा संचालन हुन भने हुन बाकी रहेको छ । पुलको दुबै किनार तर्फ बनेका जगको पलास्टर कार्य जारि रहेको पुल निर्माणको ठेक्का पाएका लोकेन्द्र न्यौपाने बताए । उनले भने- "हामीले…
पुरा पढ्नुहाेस्