चाडपर्व लक्षितः कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
कोहलपुर । बाँकेको कोहलपुर बसपार्कमा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । आउँदै गरेका चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै कोहलपुरस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बाँकेको कोहलपुर बसपार्क साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लामा जानको लागि प्रयोग गरिने बसपार्क हो । पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुरमा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यात्रु सहायता कक्षाको सुरुआत गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडादसैँ, दीपावली तथा छठ लगायतका चाडपर्वहरूको अवसरमा यात्रुहरूलाई पर्न जाने समस्याहरूको सहजीकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्षले चाडपर्वको बेला आवतजावत…

















