नाैलाेप्रेस डेस्क

735 Posts
मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित…
पुरा पढ्नुहाेस्
तीन दिनदेखि बैतडीकी एक महिला बेपत्ता

तीन दिनदेखि बैतडीकी एक महिला बेपत्ता

कैलाली । बैतडीको सिगास गाउँपालिकाकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा सही गाउँपालिका–४ सिराडीकी २७ वर्षीय भागरथी साउँद रहेकी छन् । उनी यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी र हालसम्म सम्पर्कमा नआएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। भागरथीका श्रीमान् रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन्। भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।
पुरा पढ्नुहाेस्
करेन्ट लागेर बैतडीमा एक किशोरको मृत्यु

करेन्ट लागेर बैतडीमा एक किशोरको मृत्यु

कैलाली । बैतडीको डिलाशैनी गाउँपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं. ३ गिरी बगरका १३ वर्षीय किरण कोली रहेका छन् । उनको विद्युत् पोलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिवार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा सङ्कलन गरिरहेका किरण नजिकै रहेको बिद्युत्को पोलमा छोइदा गम्भीर घाइते भएका थिए। घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पुर्‍याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको पाण्डेयले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा धारिलो हतियार प्रहारबाट एक किशोरीको मृत्यु  

कैलालीको बर्दगोरियामा धारिलो हतियार प्रहारबाट एक किशोरीको मृत्यु  

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाम धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी एक किशोरीको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल थप उपचारका लागि धनगढी लगिएकोमा उनको उपचारका क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका वडा नम्बर १ निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए । साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड…
पुरा पढ्नुहाेस्
कैलालीमा धारिलो हतियार प्रहार: १७ वर्षीया किशोरी गम्भीर घाइते 

कैलालीमा धारिलो हतियार प्रहार: १७ वर्षीया किशोरी गम्भीर घाइते 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी छ्न । घाइते हुनेमा बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए । साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने कर्मचारी हुन । सिजवाल माथी साउदले होटेलमै धारिलो हतियार प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार प्रयोग पछि…
पुरा पढ्नुहाेस्
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ

कैलाली । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट सोही ठाउँ बस्ने २५ वर्षीय दानिस पुरेसी रहेका छन । उनी भन्सार छलीका सामानसहित पक्राउ परेका हुन्। पुरेसीलाई भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७९ हजार ५ सय बराबरको ब्लाउज, पेटिकोट, सुटपिस, धोती, साडी, जेन्स कुर्ता लगायतका सामानसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त सामानसहित उनलाई बिहीवार नियन्त्रणमा लिएको जनाएको छ। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ४० हजार ६ सय बराबरको सामान…
पुरा पढ्नुहाेस्
देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।   जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।   बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।   आज…
पुरा पढ्नुहाेस्
ट्रम्पद्वारा क्यानडासहित धेरै देशहरूमा कर लगाउने घोषणा

ट्रम्पद्वारा क्यानडासहित धेरै देशहरूमा कर लगाउने घोषणा

एजेन्सीएजेन्सी वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानडामाथिको भन्सार कर अब २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याएका छन्।   साथै, राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताको लागि तोकेको समयसीमाभन्दा केही घण्टा अघि ह्वाइट हाउसले दर्जनौँ देशहरूका लागि नयाँ भन्सार दरहरू जारी गरेको छ। यी दरहरू सात दिनमा लागू हुनेछन्। यसअघि बिहीबार राष्ट्रपति ट्रम्पले मेक्सिकोमा कर लगाउने समयसीमा ९० दिन थपेका थिए।   बुधबार मात्र ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतमाथि थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका…
पुरा पढ्नुहाेस्
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा विगत डेढ दशक देखि सञ्चालित बर्दगोरिया अस्पताल  प्रा.ली ले (MD-Internal Medicine) सहित को थप सेवा सुचारु गरेको छ । विगत लामो समय देखि MBBS डा. सहितको सेवा प्रदान गर्दै आएको उक्त अस्पतालले मङ्गलवार आज बाट (MD-Internal Medicine) द्वारा सेवा प्रदान गर्न लागेको बर्दगोरिया अस्पतालका सञ्चालक पुष्प खतिवडाले जानकारी दिए । उनले भने– विगत करिब डेढ दशक देखि हामीले बर्दगोरिया गाउँपालिका लगायत छिमेकी पालिका जस्तै लम्की चुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका का बिरामी हरूलाई MBBS डा. द्वारा नियमित रूपमा बिरामी चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आएका थियौँ । त्यसका साथै बिरामीको…
पुरा पढ्नुहाेस्