बर्दगोरिया-६ मा माघ २ गते देखि रामजानकी भक्तिनिया डाँडा अस्थान तीर्थ माघी मेला २०८२ सञ्चालन हुँदै
बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रामजानकी भक्तिनिया अस्थानमा तेस्रो रामजानकी भक्तिनिया डाँडा अस्थान तीर्थ माघी मेला २०८२ सञ्चालन हुने भएको छ। रामजानकी भक्तिनिया अस्थान समितिको आयोजना तथा कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा उक्त माघी मेला सञ्चालन हुने लागेको हो । "हमार भेष भुषा हमार पहिचान ,धर्म ओ साँस्कृती बचैना हमार अभियान" भन्ने मूल नारा सहित रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ माघी मेला २०८२ सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने…

















