सीमा विवाद; घाइते चारजनाको हेलिकप्टर मार्फत उद्धार
बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको रानी सैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीय आक्रमणबाट घाइते भएका चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए । आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । घाइते भएकामध्ये चार जनालाई…














