नाैलाेप्रेस डेस्क

833 Posts
लोकसेवा आयोगले माग्यो सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

लोकसेवा आयोगले माग्यो सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका (सहसचिव, उपसचिवदेखि अधिकृतसम्मका) लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार  सेवाका अधिकृत  पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ । त्यसै गरी आयोगले अन्य विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा समेत खुला भएको जानकारी दिएको हो । हेर्नुहोस सूचना...
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः पश्चिमी र स्थानीय वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमानः पश्चिमी र स्थानीय वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार बुधबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी…
पुरा पढ्नुहाेस्
डडेल्धुराकी १४ वर्षीया किशोरीको घाँटी थिचेर हत्या गरिएको पुष्टि

डडेल्धुराकी १४ वर्षीया किशोरीको घाँटी थिचेर हत्या गरिएको पुष्टि

डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्ट अनुसार किशोरीको घाँटी थिचेर मृत्यु भएको देखाएको हो। बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए। डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। यही असोज २५ गते आरती अमरगढी नगरपालिका–७ पोखरामा मृत फेला…
पुरा पढ्नुहाेस्
दसैँको समयमा मुस्ताङमा १६ करोड बढीको भेडाच्याङ्ग्रा बिक्री

दसैँको समयमा मुस्ताङमा १६ करोड बढीको भेडाच्याङ्ग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा ९च्यालुक० र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्”, उनले भने, “सरदर मूल्यअनुसार रु १६ बराबरको च्याङ्ग्रा बिक्री भएका छन् ।” गत वर्ष सात हजार…
पुरा पढ्नुहाेस्
साहसिक पदयात्राका लागि थोराङ्ला पास

साहसिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहसिक गन्तव्यका रूपमा लिइन्छ । शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक…
पुरा पढ्नुहाेस्
मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा एकको मृत्यु

सुर्खेत। सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिलाको वीरेन्द्रनगर नगरपालिका–८का ५० वर्षीय महेश पौडेल रहेका छन्। सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरको कालुङचोकमा गाईसँग ठोक्किएको थियो ‌। दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको भएपनि उनलाई राति ८ बजेतिर अस्पतालले मृत घोषणा गरेको थियो ।
पुरा पढ्नुहाेस्
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोस्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
पुरा पढ्नुहाेस्
आज पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

आज पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं । हिन्दुहरुको महान् चाड दशैंको निरन्तरता आज पनि जारी छ । शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्तले विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ…
पुरा पढ्नुहाेस्
तीन महिनामा ६ गैंडा मरे

तीन महिनामा ६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन्। साउन महिनायता ती गैंडा मृत भेटिएका हुन्। एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए। जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैंडा मृत्युको कारण खुल्न नसकेको उनले बताए। पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैंडाको संख्या सात सय ५२ छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैंडा छन्। रासस
पुरा पढ्नुहाेस्
तिन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

तिन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरू भएको छ। यहाँ दसैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए। आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए। दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए। ुमंगलबारका लागि टिकट बुकिङ भइसकेको छ। अब यात्रुको चाप विस्तारै बढ्छ,ु प्रमुख लामाले भने। नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि…
पुरा पढ्नुहाेस्