नाैलाेप्रेस डेस्क

833 Posts
कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन्। कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन्। फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ। तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ। ‘तिहारका लागि फूलको माग असाध्यै छ। मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ’, उनले भने, ‘कोही बारीमै पुगेर फूल किनिरहेका छन्। कतिपयले फोनबाट फूलको माग गरेका छन् ।’ पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्‍याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन्। फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका छन् उनी। तिहारमा हालसम्म १५ हजारका फूल बिक्री…
पुरा पढ्नुहाेस्
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन ९४६ क्विन्टल० स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बसबाट एक हजार छ सय ६०…
पुरा पढ्नुहाेस्
पेट्रोल मूल्य स्थिरः घट्यो डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ

पेट्रोल मूल्य स्थिरः घट्यो डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटेको छ । निगमले बिहिबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौँ, पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ । यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।
पुरा पढ्नुहाेस्
आज तिहारको कुनै पर्व छैन: नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

आज तिहारको कुनै पर्व छैन: नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमानः आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूवाृनुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । विहिबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर स्थिर रहेको छ। बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ। दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ। युरोपियन यूरो भने थोरै वृद्धि भएको छ। बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३ पैसा कायम गरिएको…
पुरा पढ्नुहाेस्
बदेलको आक्रमणबाट डोटीमा एक युवकको मृत्यु

बदेलको आक्रमणबाट डोटीमा एक युवकको मृत्यु

कैलाली । बदेलको आक्रमणमा परि डोटीमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिकेदार गाउँपालिका(१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेला रहेका छन । बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बुधवार बडेला घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदैँ गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरेपछि गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
कञ्चनपुरबाट २३ जना जुवाडे पक्राउ, पाँच लाख बढी नगद बरामद

कञ्चनपुरबाट २३ जना जुवाडे पक्राउ, पाँच लाख बढी नगद बरामद

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट एकैदिन २३ जना जुवाडे पक्राउ परेका छन्। नगरपालिकाको –१ बराकुण्डा रौटेला स्थित रौटेला खोला किनार स्थित झाडी भित्रबाट जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका४ बस्ने २९ वर्षीय राजेन्द्रबहादुर शाहसहित १३ जना पक्राउ परेका हुन्। यी १३ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ४ लाख ७४ हजार ९८ र १४ गड्डी ताससहित पक्राउ गरेको हो। बेदकोट नगरपालिका(७ सुडा स्थित ३९ वर्षीय अमर सिंह धामीले संचालन गरेको न्यु हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामीसहित ४ जना पक्राउ परेका छन्। यी चार जनालाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार…
पुरा पढ्नुहाेस्
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएका छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो…
पुरा पढ्नुहाेस्
धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा आज मनाइँदै

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा आज मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो…
पुरा पढ्नुहाेस्