
बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु
बर्दगोरिया । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।…