नाैलाेप्रेस डेस्क

655 Posts
सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

कैलालीः सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ। समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफलसमेत हुन सकेको छैन। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत विधेयकमाथिको छलफल पनि अघि बढ्न नसकेको प्रदेशसभा सदस्यले बताएका छन्। प्रदेश तहमा कानुन निर्माणको भूमिकादेखि आवश्यक कामकारबाहीमा निगरानी राख्ने अधिकार रहेको विषयगत समितिलाई ‘मिनी’ संसद्का रुपमा लिइन्छ। समिति नेतृत्वविहीन हुँदा विकासलगायत कामको समेत अनुगमन गर्ने काम प्रभावित बनिरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य घनश्याम चौधरी बताउछन्। स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशी समिति सभापति निर्वाचित हुँदा काममा दबाब पर्छ भन्ने मनसाय देखिएकाले सभापति चयनमा सत्ता पक्षले बेवास्ता गरिरहेको बताए।…
पुरा पढ्नुहाेस्
सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

दैलेख । सुर्खेत–दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित उक्त सडकमा सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले भने, “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।” उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, “गतवर्षको फूलमा नोक्सानी व्यहोर्नु परेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यसवर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब…
पुरा पढ्नुहाेस्
विदेशी मुद्राको विनिमय दरः आज कुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमय दरः आज कुनको मूल्य कति ?

काठमाडौँ । सोमबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ ।…
पुरा पढ्नुहाेस्
रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै

रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा आन्दोलन गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेपछि आन्दोलित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा आन्दोलन गर्ने लागेको हो । ‘अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटार जाउँ’ भन्दै रास्वपाका नेता तथा कार्यकर्ताले बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन्। दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो। सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः आज देशका पहाडी भू(भागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमानः आज देशका पहाडी भू(भागमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी…
पुरा पढ्नुहाेस्
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसा आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन…
पुरा पढ्नुहाेस्
काठमाडौँमा आजदेखि एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँमा आजदेखि एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । आजदेखि काठमाडौँमा ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसकेका र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिए । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु…
पुरा पढ्नुहाेस्
विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

आइसिसी विश्वकप लिग–२ मा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग नेपाली समय अनुसार राति ९ः१५ बजे भिड्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा हुने खेलमा नेपाल आफ्नो लिग–२ को विग्रदो लयलाई ट्रयाकमा ल्याउने प्रयासमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन स्वीप गरेकाले टोल आत्माविश्वासी रहेको छ। यद्यपि, त्यसपछि अमेरिकी ‘ए’ सँगको खेलमा पराजित भएकाले एकदिवसीय खेलको अस्थिर लयले निरन्तरता पाउने हो कि भन्ने चिन्ता भने नेपाली…
पुरा पढ्नुहाेस्
कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद

कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद

कैलाली । कैलालीको टीकापुर नगरपालिकाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। नगरपालिका–८ बटनपुर र श्रीलंका स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ६३ हजार ६४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेकोे हो। उक्त मूल्य बराबरको चिनी, नरिवल, ग्याँस चुलो, डिस्पोजल पिलेट, साईकलको टायर, साईकलको ट्युव, कस्मेटिक लगायतका सामान इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
पुरा पढ्नुहाेस्
देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि…
पुरा पढ्नुहाेस्