नाैलाेप्रेस डेस्क

972 Posts
लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा लम्की बजार सरसफाई 

लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा लम्की बजार सरसफाई 

लम्की । मंगलबार आज लम्की बजार सरसफाई गरीएको छ ।   लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा बजार सरसफाई गरीएको हो ।   सरसफाई कार्यक्रममा लम्कीचुहा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय संघ संस्था, बजारबासीहरुको लगाएतको सहभागिता रहेको छ । (more…)
पुरा पढ्नुहाेस्
कस्तो रहला देशभर आजको मौसम ?

कस्तो रहला देशभर आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

९ मंसिर, धनगढी । हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।  भीमदत्त नगरपालिका-१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब पौने ३ बजेतिर बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो । घाइते उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको थियो । निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक…
पुरा पढ्नुहाेस्
प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा

प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा जारि बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिताको क्वाटर फाईनल समीकरण पूरा भएको छ ।   बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि संचालन भएको प्रतियोगितामा सोमबार छात्र र छात्रा तर्फको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।   क्वाटरफाईनलका खेलहरु मंगलबार बाट सुरु हुनेछन । जसमा बिहान छात्रा तर्फको पहिलो खेलमा खडक मेमोरियल का विरुद्ध राष्ट्रिय माध्यामिक बिधालय देवकलिया बीचको खेल बिहान ८ बजे हुने छ , भने बिहान १० बजे छात्र तर्फको पहिलो क्वाटरफाईनल खेलमा कर्णाली माध्यामिक बिधालय सत्तीका विरुद्ध हेबन गार्डेन जोशिपुर बिच खेल हुने छ । यसै गरि दिउँसो…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानमान?

कस्तो रहला आजको मौसम पूर्वानमान?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

२२ कात्तिक, काठमाडौं । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।  अस्पताल भर्ना भएका आलमको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियाे । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियाे र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियाे । उपचारमा संलग्न चिकित्सकका अनुसार उनकाे मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेकाे थियाे…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको 

मौसम पूर्वानुमान; आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको 

काठमाडौँ । मौसम पूर्वानुमानका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि, हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
पुरा पढ्नुहाेस्
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत र?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत र?

  काठमाडौँ । अधिकांश मानिसलाई बिहान उठ्ने बित्तिकै चिया वा कफी चाहिन्छ । उठ्ने बित्तिकै कफीको एक चुस्की लिँदा निद्रा खुलेको महसुस हुन्छ, अनि शरीर ऊर्जाले भरिएको जस्तो लाग्छ । तर यो बानीले आफ्नो पेट र शरीरमा कस्तो प्रभाव पार्छ भनेर तपाईँले कहिल्यै विचार गर्नुभएको छ ?   खाली पेटमा कफी पिउनु हामीले सोचेजस्तो फाइदाजनक छैन भनेर डाक्टरहरू भन्छन् । बिहान उठ्ने बित्तिकै केही नखाइकन सिधै कफी पिउँदा पेटमा एसिडको स्तर बढ्छ । पेट खाली भएको बेलामा यो अतिरिक्त एसिडले पेटको पत्रलाई प्रत्यक्ष असर गर्छ, जसले गर्दा छातीमा जलन महसुस हुने, ग्यास भरिने, पेट फुल्ने र अपचजस्ता समस्या निम्त्याउँछ ।…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ रुपैयाँ ०३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा…
पुरा पढ्नुहाेस्
यस्तो छ आगामी २४ घण्टाको मौसम

यस्तो छ आगामी २४ घण्टाको मौसम

  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।   जस अनुसार आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ ।   त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।  
पुरा पढ्नुहाेस्