
आज सार्वजनीक विदा
काठमाडौं । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज सार्वजनीक विदा दिएको छ । सरकारले पुर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । जस अनुसार सरकारले आज सार्बजनिक बिदा दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।