
बर्दगोरियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा आगलागी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित सड्कपुर बौनियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा गएराति आगलागी भएको छ । राति करिव साढे ८ बजेको समयमा ट्रड एण्ड सप्लायर्सको माथिल्लो तलाका रहेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगो करिव १ः३० घण्टा पछि टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँ, सशस्त्र बेस क्याप झगडपुर, र स्थानीयको सहायतामा नियन्त्रण लगिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय टंक जोशी र इलाका प्रहरी कार्यालय बौनियाका १ जना प्रहरी जवान सामान्य घाइते भएका छन । यस्तै घर भित्रै रहेका धमला…