नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरियामा कोभिड-१९ का लागि सामाजिक परिचालन, पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बर्दगोरियामा कोभिड-१९ का लागि सामाजिक परिचालन, पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा कोभिड-१९ का लागि सामाजिक परिचालन परियोजना पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।                                            बुधबार पालिकाको वडा नम्बर २ मा (व्याकवार्ड सोसाइटी एजुकेसन) कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकारको सम्पुर्ण नागरिकलाइ कोभिड-१९ खोपको पहुचमा सतप्रतिशत पुर्‍याउने लक्ष्यलाई पुर्ण गर्ने व्याकवार्ड सोसाइटी एजुकेसन (बेस) ले बर्दगोरियामा उक्त कार्यक्रम गरेको कार्यक्रमका संयोजन लक्ष्यण चौधरी जानकारी दिए ।                           …
पुरा पढ्नुहाेस्
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने

८ भदौ २०७९ काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड तयार गर्ने जिम्मेजारी पाएको कार्यदलको बैठक आज बुधबार पनि बस्न लागेको हो । मंगलबार हिजो बसेको बैठकपछि एक कार्यदल सदस्यले भोलिसम्म कार्यदलले मापदण्डको टुंगो लाग्ने बताएका थिए । हिजोको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सिट बाँडफाँटबारे मापदण्डमा तयार पार्न बैठक आज साँझ ५ बजे बैठक पुनः बस्नेछ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार…
पुरा पढ्नुहाेस्
मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी दर्ता, कुन प्रदेशमा कति ?

मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी दर्ता, कुन प्रदेशमा कति ?

काठमाडौं । देशभर मिटरब्याजीविरुद्ध १ हजार ९ सय ३७ वटा उजुरी परेका छन । देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको उक्त आह्वानपछि देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेका हुन । गत साउन २८ मा गठित कार्यदलमा प्रहरीका एसएसपी दिनेश आचार्य, उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् । कुन प्रदेश मा कति उजुरी दर्ता भए ? मिटरब्याजबाट…
पुरा पढ्नुहाेस्
भाद्र ८ गते, कस्तो छ तपाईंको आजको राशिफल?

भाद्र ८ गते, कस्तो छ तपाईंको आजको राशिफल?

आज २०७९ भाद्र ८ गते, बुधवार, २४ अगस्ट २०२२। भाद्र कृष्णपक्ष द्वादशी तिथि, प्रातः ८ः०८ बजेदेखि त्रयाेदशी। पुनर्वशु नक्षत्र, १४ः३० बजेदेखि तिष्य। चन्द्रराशि– मिथुन, प्रातः ७ः५१ बजेदेखि कर्कट। मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ। वृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अवसर प्राप्त भए पनि परिस्थिति त्यति…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौं । आज बुधबार लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ।  आजको विनिमय दर अनुसार युरो भन्दा डलर महँगो भएको छ । बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५४ पैसा रहेको छ। कतारी…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाएत देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

सुदुरपश्चिम लगाएत देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ र लुम्बिनी प्रदेशका चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
कैलालीको लम्कीचुहा नगरपालिका-३ मा जग्गाधनी पुर्जा वितरण, (फोटोफिचर)

कैलालीको लम्कीचुहा नगरपालिका-३ मा जग्गाधनी पुर्जा वितरण, (फोटोफिचर)

७, भाद्र २०७९ लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा लालपुर्जा वितरण गर्न थालेका छ । जस अनुसार मंगलबार नगरपालिकाले वडा नम्बर ३ स्थित बादी समुदायका परिवारलाई लालपुर्जा वितरण कार्य शुभारम्भ गरेको हो । १५७ घर धुरी रहेको उक्त सामुदायमा पहिलो चरणमा १२४ घर धुरी लाई नगरपालिकाले लालपुर्जा दिएको हो । नगरपालिका वडा नम्बर  ३ बल्चौरमा बस्दै आएको १५ बर्ष पछी भुमिहिन बादी समुुदायका मंगलबार जग्गाधनी पुर्जा पाएका हुन । जग्गा धनी पुर्जा पाएपछी आफुहरुमा खुसिको सिमा नरहेको स्थानीय रमा बादीले बताउनु भयो । बर्षौ देखि हक, अधिकार, स्वधीनता र असतित्व सहितको भुमि प्रतिको हकको लागि लडाई लड्दै आएकोमा लामो समय…
पुरा पढ्नुहाेस्
देशभर थप ६ सय ३४ जनामा कोरोना पुष्टि

देशभर थप ६ सय ३४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै कोभिड–१९ को सङ्क्रमणबाट थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ । सो अवधिमा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा शंस्कापद वस्तु फेला

कैलालीको बर्दगोरियामा शंस्कापद वस्तु फेला

बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिकामा शंस्कापद फेला परेको छ । पालिकाको वडा नम्बर १ कट्टिपुर सिमलको रुख नजिकै पुर्वपश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी प्रमुख महेश बिक्रम शाहीले जानकारी दिए । उनका अनुसार अहिले उक्त स्थानमा प्रहरीले को टोलि खटिएको छ ।  शंकास्पद वस्तुलाई निस्क्रिय पार्न नेपाली सेनाको टोलि आइरहेको उनले बताए । मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने उनले बताए ।
पुरा पढ्नुहाेस्
सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै

सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै

काठमाडौं । सोमबार बिना निष्कर्ष टुंगिएको सत्ता गठबन्धनको बैठक आज पुन: बस्नेभएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि बाँडफाँटमा सहमति जुटाउन सोमबार बसेको सत्त गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन । गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने बताइएको छ । । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भए पनि  सहमति…
पुरा पढ्नुहाेस्