नाैलाेप्रेस डेस्क

822 Posts
यस्तो छ, आजको मौसम पूवानुमान

यस्तो छ, आजको मौसम पूवानुमान

काठमाडौ । देशभर हाल मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावका कारण आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका…
पुरा पढ्नुहाेस्
आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व

आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व

काठमाडौँ । आज बडादसैँको आठौँ दिन । मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । काठमाडौं। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन्। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा…
पुरा पढ्नुहाेस्
युवा समाजसेवी शाहीद्वारा साहारा घरमा आर्थिक सहयोग

युवा समाजसेवी शाहीद्वारा साहारा घरमा आर्थिक सहयोग

१५, असोज २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका युवा समाजसेवी देवेन्द्र शाहीले पालिकाको वडा नम्बर २ का रहेका साहारा घरमा आर्थिक सहयोग गरिएको छ । शाहीले शनिबार साहारा घारमा पुगेर साहारा घरका संचालक बल बहादुर बिष्टलाई दशैको उपलक्ष्यमा उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । आर्थिक सहयोग गर्दै शाहीले साहारा घरमा रहेका साहारा बिहिनहरुले दशैको दिन एक दिन मात्र भएपनि केही मीठो खानेकुरा खानसकुन भन्दै उक्त आर्थिक रकम सहयोग गरेको बताए । उनले भने आफुले दशैमा खर्च गर्ने रकम बाट केही रकम कटौती गरि साहारा घरमा सहयोग गरेको बताए । शाही एक समासेवी मात्र नभई नेकपा एमाले बर्दगोरिया गाउँ…
पुरा पढ्नुहाेस्
बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१५, असोज २०७९ बर्दगोरिया (कैलाली) । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा बडा दशै, शुभ दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बजार व्यवस्थापन समितिको सभा हलमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए । यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्ष, पुर्व वडा अध्यक्ष भेखु चौधरी, विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, पुर्व बजार व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्वा पदाधिकारी लगाएको सहभागिता रहेको थियो । यस्तै कार्यक्रम…
पुरा पढ्नुहाेस्
सडकपुर बौनिया युवा क्लबको आयोजनामा दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

सडकपुर बौनिया युवा क्लबको आयोजनामा दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा उक्त दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै विशिष्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख अतिथी कर्ण बहादुर कुँवरले यस युवा क्लबले स्तर उन्नतिका लागि बर्दगोरिया गाउँपालिका पुर्ण रुपमा सहयोग गर्ने बताए । यश युवा क्लबले बौनिया बजार मात्र नभई सम्पुर्ण पालिकाका युवाहरूलाई समेट्नु पर्ने बताए । यश पालिकाका थुप्रै युवाहरु लागू औषध दुर्व्यसैनिमा…
पुरा पढ्नुहाेस्
आज असोज १२ गते, राशिफल अनुसार तपाईंको आजको कस्तो रहला ?

आज असोज १२ गते, राशिफल अनुसार तपाईंको आजको कस्तो रहला ?

आज २०७९ असोज १२ गते, बुधवार, २८ सेप्टेम्बर २०२२ । आश्विन शुक्लपक्ष तृतीया तिथि । राशिफल अनुसार तपाईंको आजको कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका अधुरा कामहरू पुरा…
पुरा पढ्नुहाेस्
देशभरको मौसम आंशिक देखि सामान्य बदली, केहि स्थानमा वर्षाको सम्भावना

देशभरको मौसम आंशिक देखि सामान्य बदली, केहि स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा राती पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मध्यम वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने देखिएकोले आवश्यक…
पुरा पढ्नुहाेस्
घटस्थापनाको शुभ साइत बिहान १० बजेर २३ मीनेटमा

घटस्थापनाको शुभ साइत बिहान १० बजेर २३ मीनेटमा

काठमाडौं । भोली असोज १० गते सोमबारदेखि नवरात्र आरम्भ हुँदैछ । नवरात्र आरम्भ भएसँगै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको लागि शुभ साइत बिहान १० बजेर २३ मीनेट रहेको जनाएको छ । यस्तै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मीनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । जसअनुसार बिहान १०ः३४ बजे देवी बिसर्जन गरी ११ः५१ बजे टीका लगाउन उत्तम समय रहेको बताइन्छ । साथै, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने समितिद्वारा आज जारी सूचनामा उल्लेख छ ।
पुरा पढ्नुहाेस्
कैलालीमा नागरिक उन्मुक्तिमा खैलाबैला, केन्द्रिय अध्यक्ष चुनाव लड्ने क्षेत्रका नेता नै पार्टी परित्याग गर्दै

कैलालीमा नागरिक उन्मुक्तिमा खैलाबैला, केन्द्रिय अध्यक्ष चुनाव लड्ने क्षेत्रका नेता नै पार्टी परित्याग गर्दै

पहलमानपुर, ९ असोज । संघ र प्रदेश तहको निर्वाचन नजिकन थालेपछि अचेत राजनैतिक दलहरु उम्मेदवार छनौंटमा गृहकार्य गरिरहेका छन् । सोहि अनुरुप पार्टी स्थापनाको छोटो समयमै कैलालीमा स्थानीय तहको निर्वाचन २०७९ मा चार ओटा पालिका जिती चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टी पनि सो कार्यमा जुटेको छ । यसै विच पार्टीका केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कैलाली क्षेत्र नं. १ बाट संघिय निर्वाचमा भाग लिने घोषणा समेत गरिसकेकी छन् । उनि सँगै पार्टीले कैलालीमा आफ्नो उम्मेदवारहरुको टुङ्गो लगाईसकेको छ तर जिल्लाका केहि शिर्ष नेताहरुले उम्मेदवार छनौंट पारदर्शी नभएको भन्दै असन्तुष्टि ब्यक्त गरिरेहका छन् । ति मध्ये एक हुन् पार्टीका केन्द्रिय सदस्य…
पुरा पढ्नुहाेस्
टीकापुर नगरपालिकाद्धारा बर्दगोरियाको साहारा घरमा खाद्यान्न सहयोग

टीकापुर नगरपालिकाद्धारा बर्दगोरियाको साहारा घरमा खाद्यान्न सहयोग

९, असोज २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का रहेका साहारा घरमा खाद्यान्न सहयोग गरिएको छ । टीकापुर नगरपालिकाले आज साहारा घरमा पुगेर खाद्यान्न सहयोग गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का विनियोजित बजेट मार्फत उक्त खाद्यान्न सहयोग गरेको नगर उप–प्र्रमुख खडक बहादुर शाहले बताए । मानव सेवा नै प्रथम धर्म तथा विकासको बाटो भएको भन्दै नगरपालिकाले बजेट विनियोजित गरेको र उक्त विनियोजित बजेट मार्फत पहिलो चरणमा नेपालीको महान चाड वडा दशै तथा तिहारको अवसर पारि आज खाद्यान्न सहयोग गरेको नगर उप–प्र्रमुख शाहले बताए । खडक बहादुर शाहका अनुसार ९ क्विन्टल चामल, २ क्विन्टल दाल,…
पुरा पढ्नुहाेस्