बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१५, असोज २०७९ बर्दगोरिया (कैलाली) । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा बडा दशै, शुभ दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बजार व्यवस्थापन समितिको सभा हलमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए ।

यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्ष, पुर्व वडा अध्यक्ष भेखु चौधरी, विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, पुर्व बजार व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्वा पदाधिकारी लगाएको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रम बौनिया जेसिज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, रेडक्रस सोसाइटी दोदोधरा उपशाखाका लक्ष्मी जोशी लगाएका व्यक्ति हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले वडा दशै भनेको नेपाली हरुको महान चाड भएको हुँदा यस्लाई महान रुपमा मनाउन अनुरोध गरे।

पालिकाले यश बजारलाई व्यवस्थापन पर्न बिगतका दिनहरुमा पनि सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि पुर्ण रुपमा सहयोग गर्ने बताए । सोही क्रममा उनले जोडे आफुले कुनै व्यक्तिलाई नभई समग्र पालिकाको बिकासका निम्ति आफू र आफ्नो टिम सधै निस्वार्थ पुर्ण रुपमा काम गर्ने बताए ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष गिरीले बडा दशै, तिहार जस्ता चाड पर्वलाई आफ्नो परम्परागत शैलीमा चाड पर्व मनाउन अनुसारोध गरे । चाड पर्वमा समाजमा बिकृती फैलाउने कार्य नगर्न अनुरोध गरे। सोही क्रममा उनले पालिकामा दर्ता नगरी आफ्नो व्यापार व्यवसायी अनिवार्य रुपमा पालिकामा दर्ता गरि व्यवसायी गर्न अनुरोध गरे ।

बजार व्यवस्थापन समितिका परिष्ठ उपाध्यक्ष देव राज स्वारको स्वागत मन्तव्य सङ्गै शुरु भएको शुभकामना आदानप्रदान कार्यक्रममा दोदोधरा रेडक्रस उपशाखा सभापति लक्ष्मी जोशी, बसन्त मुरारी नमुना माबिका प्र अ भुमी प्रकाश बम, दोदोधरा अस्पतालका इन्चार्ज कैलास रावत, नागरिक उन्मुक्ति पार्टीका दान बहादुर बम, राष्ट्रिय जनमोर्चा पार्टीकि रुपा आले, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मित्र बहादुर घर्ती मगर, नेकपा (माओवादी केन्द्र) का बर्दगोरिया गाउँपालिका इन्चार्ज रुपक सुनार, नेपाली काङ्ग्रेस बर्दगोरिया सभापति कृष्ण बिष्ट, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी सचीव देवेन्द्र शाहीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषी आचार्य, वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.क, वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमको सभापतित्वमा भएको कार्यक्रमको संचालन बौनिया बजार व्यवस्थापन समितिका महासचिव धिरज शाहीले गरेका थिए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार