नाैलाेप्रेस डेस्क

822 Posts
नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया-३ का कविराज र पदम तिरुवा (माओवादी केन्द्र)मा प्रवेश

नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया-३ का कविराज र पदम तिरुवा (माओवादी केन्द्र)मा प्रवेश

बर्दगोरिया । नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का कविराज तिरुवा र पदम तिरुवाले माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनीहरुलाई आज नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भगत वडुवाल, सुदुरपश्चिम प्रदेश कमिटी सचीव नन्द बहादुर साउद लगाएका नेता कार्यकर्ताले पार्टीमा पुन स्वागत गरेका हुन । उनिहरुले बिहिवार मात्र माओवादी केन्द्र बाट नेकपा एमालेमा प्रवेश गरेका थिए । कविराज तिरुवा यस अघि नेकपा माओवादी केन्द्र जेष्ठ कम्युनिस्ट सुदुरपश्चिम प्रदेश सदस्य र पदम तिरुवा सुदुरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य रहेका थिए । यस्तै आज नै उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै आफुहरु केहि आन्तरिक मन मुटाबका कारण यहि असोज २७…
पुरा पढ्नुहाेस्
आज देखि यस वर्षको मौसम क्रमशः बाहिरिँदै

आज देखि यस वर्षको मौसम क्रमशः बाहिरिँदै

काठमाडौं । आज देखि यस वर्षको मौसम क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही…
पुरा पढ्नुहाेस्
पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको तयारी पूरा, आइतबार उद्घाटन हुने

पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको तयारी पूरा, आइतबार उद्घाटन हुने

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा असोज ३० गते देखि हुन गइरहेको बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्न लागेको हो । फुटबल प्रतियोगिताको मिति नजिकिदै गरेपछि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जीवन वि सि ले जानकारी दिए । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को मुडा खेल मैदानमा उक्त फुटबल प्रतियोगिता हुन…
पुरा पढ्नुहाेस्
बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा सम्पन्न

बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दगोरिया २ बौनिया,कैलालीको २३ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द विक रहनुभएको थियो भने विशिस्ट अथितिमा साना किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पदमराज रिजाल रहनु भएको थियो । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द विकले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै सहकारीले स्थानीय स्तरमा आर्थिक उन्नति र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको बताए । पछिल्लो समयमा…
पुरा पढ्नुहाेस्
आज विश्व हात धुने दिवस, विश्वसभर मनाइँदै

आज विश्व हात धुने दिवस, विश्वसभर मनाइँदै

काठमाडौं । आज विश्व हात धुने दिवस । रहेक वर्ष अक्टोबर १५ आजकै दिन विश्व हात धुने दिवस मनाईन्छ । ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर यो दिवस मनाइँदैछ। नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार ः स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो। ‘हातको स्वच्छता स्वास्थ्यको दृष्टिलेअत्यन्तै महत्त्वपूर्ण छ। हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ’, ‘तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै…
पुरा पढ्नुहाेस्
कस्तो रहला राशिफल अनुसार तपाईंको आजको दिन?

कस्तो रहला राशिफल अनुसार तपाईंको आजको दिन?

आज २०७९ असोज २९ गते, शनिवार, १५ अक्टोबर २०२२ । कार्तिक कृष्णपक्ष षष्ठी तिथि। राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भ्रमण, खानपान तथा फेसनमा धन…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावका कारण हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै आज दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा गठबन्धनको चुनावी सभा, चुनावी प्रचार प्रसारमा जान नेता कार्यकर्तालाई निर्देशन

बर्दगोरियामा गठबन्धनको चुनावी सभा, चुनावी प्रचार प्रसारमा जान नेता कार्यकर्तालाई निर्देशन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) कैलालीले शुक्रबार बिजया दशमी शुभ दिपायली तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा संयुक्त चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) ले सो कार्यक्रम गरेको हो । कार्यक्रम भर्खरै सम्पन्न भएको हिन्दु नेपालीहरुको महान चाड वडा दशै तथा आउदैन गरेको शुभ दिपावली तथा छ्ट पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन…
पुरा पढ्नुहाेस्
अर्थमन्त्री शर्मा विश्व बैंक समूहको वार्षिक सम्मेलनमा सहभागी

अर्थमन्त्री शर्मा विश्व बैंक समूहको वार्षिक सम्मेलनमा सहभागी

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्। अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका छन् । कार्यक्रममा…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार बिहीबार आज नेपाली बजारमा भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९…
पुरा पढ्नुहाेस्