नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरीया धाममा माघी मेलाको तयारी तिव्र (फाेटो फिचर सहित)

बर्दगोरीया धाममा माघी मेलाको तयारी तिव्र (फाेटो फिचर सहित)

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी तिव्र गतिमा अघि बढेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृती जोगाऔं” भन्ने नाराका साथ सुरु हुन लागेको माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु/कुहिरो र शितलहर

तराईमा हुस्सु/कुहिरो र शितलहर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ। जसले गर्दा आइतबार सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो र शितलहर चलिरहेको जनाएकोे छ। तराईका धेरै भू–भागहरूमा  बाक्लो  हुस्सु/कुहिरो लागेकाले दैनिक जन जीवन प्रभावित बनेको महाशाखाले जनाएको छ। साथै सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
ग्रामीण क्षेत्रको रूपमा परिचित मोहन्याल- १ मा पहिलो पटक बल्यो बत्ति

ग्रामीण क्षेत्रको रूपमा परिचित मोहन्याल- १ मा पहिलो पटक बल्यो बत्ति

मोहन्याल । भौगोलिक हिसाबले ग्रामीण क्षेत्रको रूपमा परिचित कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावरमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । विगत लामो समयदेखि सोलार र टुकीको भरमा बस्न बाध्य स्थानीयवासी गाउँमा बिजुली पुगेपछि खुशी भएका हुन् । शनिबार चायभाभरमा बिजुलीको गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बहादुर बुढा क्षेत्री, विधुत प्राधिकरण पहलमानपुरका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । नेपाल विधुत प्राधिकरण पहलमानपुर वितरण केन्द्रबाट वडा नम्बर १ का चायभावर, बडिकाथाइ, तल्लापानीसहितका गाउँमा बिजुलि पुर्याउने लक्षका साथ काम थालिएको वडा नम्बर १ का वडा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवर द्वारा रिङ्गरोड शिलान्यास

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवर द्वारा रिङ्गरोड शिलान्यास

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा ६ किलोमिटर रिङ्गरोड बन्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ६ करोड ६२ लाखको लागतमा रानिकुण्डा रिङ्गरोड बन्ने भएको हो । रिङ्गरोडको शनिबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य भिम बहादुर विस्वकर्मा, वडा सदस्य बसन्ती साउद, रामबहादुर चौधरी लगाएतको उपस्थिति रहेको थियो । रिङ्गरोड निर्माणको लागि स्वार कन्ट्रक्सनले ठेक्का सम्झौता पाएको छ । रिङ्गरोडको शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले गुणस्तरीय सडक निर्माणका साथै समयमै निर्माण कार्य सक्न निर्देशन…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु र कुहिरो सँगै शीतलहर

तराईमा हुस्सु र कुहिरो सँगै शीतलहर

कैलाली । हाल तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो सँगै शीतलहर जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ। शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भने तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ। नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० मा वडा सदस्य बोहराको पहलमा दाउरा वितरण

लम्कीचुहा-१० मा वडा सदस्य बोहराको पहलमा दाउरा वितरण

२३, पौष, लम्की । पछिल्लो समय अत्याधिक चिसोले जनजीवन प्रभावित बन्दै गएको छ । चिसोले गर्दा जनजीवन प्रभावित बन्दै गएपछि कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० ले आफ्नो वडाका विभिन्न स्थान दाउरा वितरण गरेको छ । बिहिवार वडा नम्बर १० का वडा सदस्य सुरेन्द्र बहादुर बोहराको पहलमा वडाका चुहा, पिपरौवा, सुतैया, तिघरी लगाएता गाउँका विभिन्न सार्वजनिक स्थलमा दाउरा वितरण गरिएको हो । वडा नम्बर १० का वडा सदस्य बोहराका अनुसार चिसो बाट बच्न केही राहत मिलोस भन्दै अफ्नो एकल प्रयासमा वडाका विभिन्न सार्वजनिक स्थलमा दाउरा वितरण गरेको बताए । सोही क्रममा उनले नौलो प्रेस सङ्ग कुराकानी गर्दै भने ूआफुलाई…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा न्यानो कपडा वितरण

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा न्यानो कपडा वितरण

२२, पौष बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले न्यानो कपडा वितरण गरेका छन । अत्याधिक चिसो बढ्दै गएपछि गाउँपालिकाले विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । अत्याधिक चिसो बढ्दै गएपछि विपन्न बस्तिका मानिसहरहरुलाई चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरलेले जानकारी दिए। चिसो मौसममा कम्बल दिई ठुलो सहयोग गरेको भन्दै कम्बल पाएका स्थानिय वासीहरु खुसी भएका छन्। चिसो दैनिक बढेको छ, चिसो छल्ने उचित कपडा नहुँदा चिसोले कठ्याङग्रिएर बस्नुपर्ने बाध्यतामा हामीले कम्बल पायौ, कम्बल लिएका बर्दगोरियाका एक स्थानियले भने–‘धेरै खुसी छौ।’ पछिल्लो केही दिन यता अत्याधिक चिसो बढेपछि अपाङ्गता भएका स्थानिय नागरिकहरु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया-४ मा प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मुडा,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगति विवरणको समिक्षा तथा बिनियोजित योजना र कार्यक्रमको सार्वजनिकरण गरिएको हो । कार्यक्रममा चालू आर्थिक वर्षमा वडाभित्र संचालित र निर्माणाधीन योजनाको बारेमा जानकारी गराइनुका साथै विनियोजित वार्षिक कार्यक्रम र योजनाको बारेमा स्थानीय नागरिकलाई जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,भल्मन्सा, समाजसेवी, बुद्धिजीवी ,शिक्षक ,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागिता रहेको थियोे । स्थानीय जनताले आफ्नो वडमा भएका र हुने गरेका विकास निर्माणका योजना…
पुरा पढ्नुहाेस्
लम्की चुहा-१० मा लक्ष्यित दलित छात्रछात्रालाई स्टेसनरी सामाग्री वितरण

लम्की चुहा-१० मा लक्ष्यित दलित छात्रछात्रालाई स्टेसनरी सामाग्री वितरण

२२, पौष, लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा लक्ष्यित दलित छात्रछात्रा लाई प्रोत्साहन स्वरुप स्टेसनरी सामाग्री वितरण गरिएको छ ।शुक्रवार एक कार्यक्रमका बीच उक्त स्टेसनरी सामाग्री वितरण गरिएको हो । वडाको वार्षिक कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७९/०८० का लागी लक्ष्यित वर्गका लागि विनियोजित रकम बाट लम्की चुहा नगरपालिका वडा नम्बर १० मा रहेको दलित उत्पीडित सेवा समाज (DDSS) ले प्रोत्साहन स्वरुप १ झोला, १ दर्जन कपी, १/१ दर्जन कलम/पेन्सील, ज्यामेट्रीक बक्स वितरण गरेको हो । उक्त सामाग्री वडाको ३ बिधालयका प्रावि सम्मका करिव १७ जना बालबालिकालाई वितरण गरिएको हो । लम्की चुहा नगरपालिका वडा नम्बर १०…
पुरा पढ्नुहाेस्
गृहको परिपत्र: दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द हुने

गृहको परिपत्र: दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द हुने

काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको हो । कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयद्वारा आज जारी गरिएको परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही…
पुरा पढ्नुहाेस्