दोदोधरा  ग्रामीण बिधुत सहकारीको अध्यक्षमा प्रकाश कार्की १३३ मत सहित बिजयी 

बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ५/६ मा रहेको दोदोधरा ग्रामीण  बिधुत सहकारी संस्था लिमिटेडको नयाँ कार्य समितीको अध्यक्ष पदमा प्रकाश कार्की १ सय ३३ मत ल्याई निर्वाचित भएका छन ।

साधारण सभाबाट अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा सहमती नजुटे पछि मतदान प्रक्रियामा जानू परेको हो ।  अध्यक्ष ,सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको हो ।  कार्कीले निकटतम प्रतिस्पर्धी रहेका शेर बहादुर बुढा लाई १३ मतान्तरले  पराजित गरेका हुन । बुढाले १ सय २० मत ल्याए भने  बिजयी प्रकाश कार्किले १ सय ३३  मत ल्याउदा २ मत बदर भएको छ ।

नयाँ कार्यसमिती सचिवमा सुरेश सुनारले २ सय ४ मत ल्याउदै बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धि बिमला भण्डारी बुढा थापाले ५४ मत पाईन । सचिवमा सुनारले बुढा थापालाई १ सय ५० मतान्तरले पराजित गरेका हुन ।

यसै गरि कोषाध्यक्षमा निर्मल चौधरीले १ सय ४५ मत ल्याई बिजयी भएका छन । उनका प्रतिस्पर्धी रहेका कमल थापाले १ सय ५ मत प्राप्त गरे । चौधरिले थापालाई ४० मतान्तरले पराजित गरेका हुन ।

बिहान ८ बजे बाट सुरु भएको मतदानमा २ सय ६३ मत खसेको थियो । दोदोधरा ग्रामीण बिधुतमा ३ सय ४८ शेयर सदस्य मतदाता रहेका छन ।

यसै गरि उक्त ग्रामीण बिधुत सहकारिको उपाध्यक्षमा गिता रावत सर्वसहमत निर्वाचित भएकी थिईन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार