मुगुका एक बालक सुर्खेतबाट बेपत्ता

मुगुका एक बालक सुर्खेतबाट बेपत्ता भएका छन । मुगुको छाँया नाथ रारा नगरपालिका ३ का १३ बर्षिया सन्देश कार्की फागुन १ गतेबाट बेपत्ता भएका हुन ।

सुर्खेत १२ बाट स्कुल जान्छु भनि गएका बालक अहिले सम्म परिवारको सम्पर्कमा नआएको परिवार स्रोतले बताएको छ । बालकको बर्ण गहँु गारो उचाइ अन्दाजी ३ फिट रहेको छ ।

सुर्खेत चनौटेमा आफ्नो मामा संग बस्दै आएका थिए ।प्रहरी प्रशासन तथा सबै स्थानमा खोजतलास गरिसकेको तर अहिले सम्म फेला नपरेको हुदा बालकको खोजीमा सहयोग गरिदिन परिवारले सबै संग अपिल गरेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार