युवा समाजसेवी शाहीद्वारा साहारा घरमा आर्थिक सहयोग

१५, असोज २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका युवा समाजसेवी देवेन्द्र शाहीले पालिकाको वडा नम्बर २ का रहेका साहारा घरमा आर्थिक सहयोग गरिएको छ ।

शाहीले शनिबार साहारा घारमा पुगेर साहारा घरका संचालक बल बहादुर बिष्टलाई दशैको उपलक्ष्यमा उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन ।

आर्थिक सहयोग गर्दै शाहीले साहारा घरमा रहेका साहारा बिहिनहरुले दशैको दिन एक दिन मात्र भएपनि केही मीठो खानेकुरा खानसकुन भन्दै उक्त आर्थिक रकम सहयोग गरेको बताए । उनले भने आफुले दशैमा खर्च गर्ने रकम बाट केही रकम कटौती गरि साहारा घरमा सहयोग गरेको बताए ।

शाही एक समासेवी मात्र नभई नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी सचीव हुन । उनी बिगत देखि नै साहारा घरमा एक अभिभावकको रुपमा भुमिका खेल्दै आएका छन ।

साहारा घरमा हाल १ सय बढी साहारा बिहिन साहारा लिइरहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार