टीकापुर नगरपालिकाद्धारा बर्दगोरियाको साहारा घरमा खाद्यान्न सहयोग

९, असोज २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का रहेका साहारा घरमा खाद्यान्न सहयोग गरिएको छ । टीकापुर नगरपालिकाले आज साहारा घरमा पुगेर खाद्यान्न सहयोग गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का विनियोजित बजेट मार्फत उक्त खाद्यान्न सहयोग गरेको नगर उप–प्र्रमुख खडक बहादुर शाहले बताए । मानव सेवा नै प्रथम धर्म तथा विकासको बाटो भएको भन्दै नगरपालिकाले बजेट विनियोजित गरेको र उक्त विनियोजित बजेट मार्फत पहिलो चरणमा नेपालीको महान चाड वडा दशै तथा तिहारको अवसर पारि आज खाद्यान्न सहयोग गरेको नगर उप–प्र्रमुख शाहले बताए ।

खडक बहादुर शाहका अनुसार ९ क्विन्टल चामल, २ क्विन्टल दाल, २० लिटर खाने तेल, ५० पिस साबुन, ५० केजि सोयविन, २० के.जी प्याज, १० के.जी सर्फ, ४ के.जी खुर्सानी, ३० पिस हारपिक, २० पिस फिनायल सहयोग गरिएको हो ।

सोहि क्रममा खडक बहादुर शाहले भने–राज्यले गर्नु पर्ने कार्य एक व्यक्तिले गरि राज्यलाई नै एक चुनौति दिएको छ । यस कार्यलाई राज्यले एक सुझावको रुपमा लिएर मानव सेवा तर्फ पनि आफ्नो ध्यान केन्द्रीत गर्नु पर्ने छ । यो कार्य गर्ने संस्थाका संचालक बल बहादुर विष्ट मावन रुपी एक भगवान नै भएको बताए । आफुहरुले पनि आफ्नो पालीकाका नागरिक हरुलाई यहि साहारा घरमा पठाउने गरेकोले उनिहरुको स्याहर सुसारमा कमी नआओस भन्दै आफुहरुले नगरपालिका बाट नै वार्षिक रुपमा बजेट नै विनियोजित गरेर साहारा घरमा सहयोग ल्याएर आएको बताए । यस्तै नगरपालिकाले विनियोजन गरेको बजेटमा केहि रकम अझै बचेको र उक्त रकम साहारा घरको आवश्यक्ता अनुसार खर्च गरिने छ ।

उक्त खाद्यान्न सहयोग लिदै साहारा घरका संचालक बल बहादुर विष्टले नगर प्रमुख खडक बहादुर शाह तथा समग्र नगरपालिका लाई धन्यवाद दिएका हुन । साहारा घरमा आफ्नो पालिकामा सडक जिवन विताउदै आएका सहारा विहिन नागरिकलाई पठाउने मात्र नभइ एक अभिभावको भुमिका निर्वाह गरेको मा आफु निकै खुसी भएको बताए । यसरि नै आगामी दिनहरुमा पनि टीकापुर नगरपालिकाले सहयोग गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

सोहि क्रममा उनले भने–यहाँ केहि पालिका आफ्नो पालिकामा सडक जिवन बिताउँदै आएका सहारा विहिन नागरिकलाई साहारा घरमा पठाउने तर पछि गएर आफ्नो अभिभावक्तो नै भुल्ने गरेका छन । साहारा घरमा ल्याएर छोड्ने मात्र नभइ आफ्ले ल्याएका नागरिक हरुको गास, वास, कपास तथा स्वास्थ्य अवस्था कस्तो छ ? यसमा के गर्न सकिन्छ ? भन्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको देखिन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार