लम्की सांगीतिक महोत्सवको समयावधि थप लम्बाइयो, कहिले सम्म सञ्चालन हुने ?

९, असोज २०७९ लम्की (कैलाली) । लम्की सांगीतिक महोत्सव २०७९ असोज १८ गते सम्म सञ्चालन हुने भएको छ । हाइवे मिडिया प्रा.लि द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेगाहर्जको आयोजनामा असोज २ गते बाट सञ्चालन भएको लम्की सांगीतिक महोत्सव असोज १८ गते सम्म सञ्चालन हुने भएको हो ।

असोज २ गते बाट सञ्चालन भएको महोत्सव बर्षाका कारण प्रभाबित भए संगै महोत्सव अबधि असोज १८ गते सम्मका लागि लम्ब्याएको आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै आजोजकले जानकारी दिएको छ ।

यस क्षेत्रको व्यावसायिक विकास, पर्यटकीय क्षेत्रमा उन्नती, साँस्कृतिक जर्गेना र धार्मिक तथा शैक्षिक क्षेत्रमा टेवा पुग्ने र बर्दगोरिया धार्मिक क्षेत्रमा रहेको असहायका लागि सहयोगी हातहरु नेपालको सहारा घरलाई सहयोग पु¥याउने मुल उद्देश्य सहित सञ्चालन भएको लम्की सांगीतिक महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार