कैलाली । शुक्रबार परेको अभिरल वर्षात सँगै आएको बाढीले बगाएर कैलालीमा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया युवतीको मृत्यु रहेकी छन ।
उनी बाढीमा बगेर बेपत्ता भएकी थिइन्। उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको जनाएको छ। यस्तै कैलालीको भजनी नगरपालिका–८, गोडचौराका ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर बेपत्ता भएका छन ।
प्रहरीकाअनुसार उनको खोजी जारी छ। पथरैया नदीमा आएको बाढी गौडचौरा गाउँमा पसेको छ। भजनी नगरपालिकाका सबै वडा जलमग्न भएका छन्।
यस्तै उता, चुरे गाउँपालिकामा पहिरोले घर भत्किदा ८ वर्षीय बालक घाइते भएका छन् भने टीकापुर नगरपालिका–२ को विजयपुरमा २२ वर्षीय शिसिर चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते उनीहरुको उपचार भइरहेको छ।