काठमाडौँ । दशैको मौका पारी गाउँघर फर्किन खोज्नेहरूसँग तोकिएको भाडा दर विरुद्ध भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरू रहेका छन् । l
१३ जनामध्ये काठमाडौँको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार बल्खु र कोटेश्वर लगायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाइएको छ ।