काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् । बिरामी नेपाललाई भेट्न मंगलबार प्रचण्ड र ओलीले नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपालको साथ खोजेका छन् ।उनीहरुको साथमा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि साथमा रहेका छन् ।
यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।