बर्दगोरिया-५ मा मंगलबार देखि जग्गा नाप नक्साको कार्य सुरु हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा मंगलबार देखी भूमिहिनहरुलाई जग्गा दिन जग्गाको नाप नक्सा कार्य सुरु हुने भएको छ ।

नेपाल सरकारको भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास गर्दै आएका नेपाली नागरिकलाई जग्गा धनी पुर्जा वितरण गर्ने कार्य अन्तर्गत वडा नम्बर ५ मा भोलि मङगलबार बाट जग्गाको नापनक्साको काम सुरु हुन लागेको वडा अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए।

वडा अध्यक्ष चौधरीका अनुसार उक्त जग्गा नापनक्साको काम भुरुवा गाउँबाट शुरु गरिने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार