अबैध रुपमा नदीजन्य वस्तु उत्खनन नगर्न मोहन्याल गाउँपालिकाको अनुरोध

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले आफ्नो अनुगमन कार्यलाई तिब्रता दिएको छ ।

पालिकाले ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाए सङ्गै आफ्नो अनुगमन तथा निरीक्षण कार्यलाई कडाइँका साथ तिब्रता दिएको हो ।

गाउँपालिकाले वडा नम्बर ७ गोरङ्गे स्थित ठाडो खोलाबाट व्यापक रुपमा ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाए लगत्तै उक्त क्षेत्रमा आफ्नो अनुगमन तथा निरीक्षण बढाएको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

उनले भने- “ढुङ्गा उत्खनन् कार्यबारे आफुले जानकारी पाए लगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरी अहिले उक्त क्षेत्रबाट हुने ढुङ्गा उत्खनन पुर्ण रुपमा बन्द गरिएको छ । मोहन्याल गाउँपालिकाभित्र पर्ने कुनै पनि स्थानबाट यस्तरी अबैध रुपमा ढुङ्गा उत्खनन नगर्न समेत अनुरोध गर्दछु । यदि गाउँपालिका सङ्गको समन्वय विना कुनै पनि स्थानबाट जोकोहीले ढुङ्गा उत्खनन गरेको पाइएमा कानुन बमोजिम कार्वाही भइजाने व्यहोरा समेत सम्पुर्णमा जानकारी गराउदछु। “

सोही कुरामा उनले भने- “गाउँपालिका क्षेत्र भित्र भइरहेका ढुङ्गा उत्खनन्को कार्य तत्काल रोक्ने र अन्य स्थानीय तहको आड भेरोसामा कुनै पनि गैरकानुनी कार्य गरिएको हो भने मोहन्याललाई स्वीकार्य हुने छैन । सरकारले समेत वर्षाको समयमा नदी जन्य वस्तु उत्खनन कार्यलाई रोक लगाएको अवस्थामा सम्बन्धि पालिकालाई समन्वय नगरी नदी जन्य बस्तु उत्खनन गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।”

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार