श्रीजनजागरण युवा क्लबद्वारा बर्दगोरिया-६ पृथ्वीपुरमा वृक्षारोपण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

श्रवाण १५ अर्थात खिर खाने दिनको अवसर परी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्रीजनजागरण युवा क्लबको आयोजनामा सोमबार वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै विशिष्ट अतिथिमा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले युवा क्लबले वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै हरित पालिका बनाउन सहज गरेको बताए । क्लबको उक्त कार्यको प्रशंसा गर्दै क्लबलाई आगामी दिनमा कुनै पनि प्रकारको सहयोगको आवश्यकता परे पालिका तथा आफ्नो व्यक्तिगत रुपमा सहयोग रहने बताएका छन । उनले वृक्षारोपण गर्नुका साथै त्यसको संरक्षणका लागि समेत आवस्यक सहयोग गर्ने बताए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले श्री जनजागरण युवा क्लबले आफ्नो स्थापना काल देखि समाज परिवर्तनको लागि आफ्नो अमुल्य योगदान गरेको बताए । युवा क्लबले समाजमा विभिन्न समयमा आफ्नो कला सांस्कृतिक संरक्षण गर्नुका साथै वातावरणीय सन्तुलितका निम्ति वृक्षारोपण कार्यक्रममा आफ्नो अमुल्य योगदान गरेको भन्दै धन्यवाद व्यक्त गरे । सोही क्रममा अध्यक्ष डगौराले वृक्षारोपण गर्नुका साथै त्यसको संरक्षण गर्नु पनि एक चुनौतीको विषय रहेको बताए । त्यसको संरक्षणका निम्ति युवा क्लबले विशेष ध्यान दिनु पर्ने समेत जोड दिए ।

यस्तै क्लबलाई आवश्यकता परेको विगतमा पनि वडाको तर्फबाट सहयोग गरेको र आगामी दिनमा पनि वडाको तर्फबाट पुर्ण रुपमा सहयोग गर्ने बताए ।

कार्यक्रममा सिसम, बोतल पम्प, अशोक, लिप्टिस गरि जम्मा ३ सय वटा बिरुवा रोपिएको छ ।

यस्तै उक्त वृक्षारोपण कार्यक्रममा रोपिएका विरुवाको संरक्षणको निम्ति घेरबार जालि वातावरणीय संरक्षण नेपालले सहयोग गर्ने संस्थाका अध्यक्ष राम जिवन चौधरी बताए । चौधरीले आफ्नो संस्थाले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको बताउदै यस वृक्षारोपण कार्यक्रम आफुलाई सेवा गर्ने मौका दिएकोमा श्री जनजागरण युवा क्लबलाई धन्यवाद दिदै विरुवाहरुको संरक्षणका निम्ति घेरबार जाली सहयोग गर्ने बताए ।

क्लबका अध्यक्ष कृष्ण डगौराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचीव सागर चौधरीले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष कृष्ण डगौराले बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न आफुहरुले बोटविरुवा रोपेको बताए । उनले भने वातावरणीय सन्तुलन कायम गरि सानो गाउँ, सुन्दर गाउँ बनाउन पृथ्वीपुर गाउँमा वृक्षारोपण गरिएको बताए ।
उक्त वृक्षारोपण वडाको गुरिही चोक देखि पश्चिम राजिपुर जोड्ने सिमाना सम्मान रोपिएको थियो ।

वृक्षारोपण कार्यक्रममा श्री अदर्श समुदायिक विद्या मान्दिरका विद्यार्थी हरुको सहभागी रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार