बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरिया कलेजलाई यश क्षेत्रको नमुना कलेजको रुपमा स्थापित गर्ने बताएका छन ।

शुक्रबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजित त्रिभुवन बिश्वबिद्धालयबाट मान्यता प्राप्त गरेको बर्दगोरिया कलेजको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन ।

पालिकामा एक पछि अर्को महान कार्य तथा बिकास र समृद्धिको मार्गलाई अगाडी बढाउदै जानू भएका अध्यक्ष कुँवरले त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त गरेको बर्दगोरिया कलेजलाई आफ्नो आगामी ४ वर्षे कार्यकालमा यश क्षेत्रकै नमुना कलेजका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भने शिक्षा बिना मानसिको जीवन अन्धकारमय हुने हुदा पालिकाको शैक्षिक शुधारमा यहाँका शिक्षा प्रेमी तथा समाजसेवीको महत्त्वपूर्ण साथ सहयोग चाहिने समेत बताए ।

पालिका अध्यक्ष कुँवरले चालू शैक्षिकसत्र बाट सामुदायिक बिधालयमा कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा लागू गर्न सफल भएको बताउदै संचालनको तयारिमा रहेको बर्दगोरिया कलेजलाई नमुना कलेजका रुपमा स्थापित गरि ५० प्रतिशत सम्म शुल्क छुट गरि विद्यार्थी पढाउने आफ्नो रहेको बताए ।

अन्तमा पालिका अध्यक्ष कुँवरले भने यश बर्दगोरियाको बिकासका लागी सबै एकजुट भएर भएर अगाडी बढ्नुको बिकल्प छैन ,त्यसैले आफुले सबै पार्टीलाई समान र आपसी भाईचाराको रुपमा सम्बन्ध अगाडी बढाउदै गएको बताए ।

कलेज ब्यबस्थापन सनितिकी सदस्य पबित्रा जैसी गिरिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरी ,पुर्व गाउपालिकाका अध्यक्ष वलिराम चौधरी ,वडा नम्बर १का वडा अध्यक्ष मिथुन गौतम ,मोहन्याल गाउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बुढा ,नेपाली काङ्ग्रेसका कृष्ण बिस्ट,एमालेका मिलन ओलि ,नेकपा माओवादी केन्द्रका रुपक सुनार,रास्टिय स्वतन्त्र पार्टीका केशव भण्डारी ,रास्टिय प्रजातन्त्र पार्टी का नवीन जोशी ,बसन्त मुरारी नमूना माध्यमिक बिधालयका प्राधानाध्यापक भुमी प्रकाश बम ,बालकन्या माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हेमन्त जोशी ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमरबहादुर बम ,कालिका ग्रामीण बिधुत सहकारी सस्थाका अध्यक्ष देवराज सिह स्वार लगायतका बक्ताले बर्दगोरिया कलेज लाई सबैले आ- आफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा कलेजलाई सहयोग गर्ने सहयोगीदाता,बिशिस्ट सदस्य ,आजिवन सदस्य लाई सम्मान गरिएको थियो ।कार्यक्रमको संचालन कोशेली एफ.एम का प्रबन्ध निर्देशक लिलाजङ्ग शाहिले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार