बर्दगोरियाका हिलाम्मे सडकहरु स्थानीयको सहायतामा मर्मत हुँदै

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका यतिबेला हिलाम्मे सहित सडकहरुमा परेका खाल्डाखुल्डी पुर्ने काम गरि रहेको छ ।

जनतालाई बर्षातमा आवतजावत गर्न समस्या नहोस भन्दै आफ्नै सवारीसाधनले खाल्डाखुल्डी पुर्ने काम गरि रहेको छ ।

बर्दगोरिया गाउँपालिकाले यतिबेला वडा नम्बर ४ डोङ्गिया बाट सुन्दरपुर जोडने सडमा परेका खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । पालिकाको टिपरले फालेको ग्राईभेल स्थानिय आफै जनश्रमदान गरेर मिलाउन लागेका छन । यसरी जनता आफै उत्सुकताका साथ लागेर जनश्रमदान गर्नु राम्रो कामको समेत सुरुवात भएको छ ।

पालिकाले यो भन्दा पहिले अन्तरपालिका जोडने मुख्य सडकहरुलाई पानी पिच गरेको थियो । पालिकाले वडा नम्बर ५ बाट सुरुवात गरि सम्पुर्ण वडामा करिब १७ किलोमीटर सडकमा पानी पिच गरेको थियो ।

नागरिकका समस्याहरुलाई मध्यनजर गर्दै वर्षायाममा आवतजावतमा कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ बाटो सुधार तथा मर्मत को काम सञ्चालन गरेकोमा स्थानियले पालिका अध्यक्ष कर्ण बहादुर कुँवरलाई धन्यवाद व्यक्त गरेका छन ।

आवतजावतमा निकै समस्या थियो पालिका अध्यक्षले हाम्रो कुरा सुनी सडक मर्मत गरिदिनुभएकोमा आफुहरु खुशी भएको स्थानियहरुले बताएका छन ।

यसै गरि अन्य वडामा परेका खाल्डाखुल्डी क्रमागत हिसाबले मर्मत गर्दै जाने पालिका अध्यक्ष कुँवरले बताए । अहिले हामी संग स्टक ग्राईभेल धेरै छैन त्यसैले अहिले खाल्डाखुल्डी पुर्छौ । आगामी असोजमा खोलानाला संचालनमा आए पालिकाका हरेक सडकलाई पानी पिच गर्ने अध्यक्ष कुँवरले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार