बर्दगोरियामा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मोटरसाइकलको ठक्करबाट १ बालक घाइते भएका छन ।

घाइते हुनेमा सोही वडा निवास ५ वर्षीया बालक निशान्त मल्ल घाइते भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

प्रहरीका अनुसार घाइते बालकको बर्दगोरिया अस्पताल बौनियामा सामान्य उपचार पछी थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

ठक्कर दिने मोटरसाइकलको भने फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार