गुणस्तरीय र दिगो बिकास गर्न बर्दगोरियाका अध्यक्ष कुँवर निरन्तर योजनाको अनुगमनमा

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकामा संचालित तथा सम्पन्न भएका बिकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ ।

बुधवार पालिका अध्यक्ष कुँवरले वडा नम्बर ३ अन्तर्गतका बाटो मर्मत तथा सुधारकार्य, काँडा नदीमा निर्माणाधीन पक्की पुल,रानिकुन्डा खल्ला तटबन्ध र वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल नदी कटान क्षेत्रको अनुगमन गरेका छन ।

दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले यतिबेला सडक मर्मत तथा सुधार संगै बजेट फृज नजाओस् भन्ने उद्देश्यले निर्माण कम्पनी र उपभोक्ता समितिलाई काम चाडो भन्दा चाडो काम सक्न निर्देशन समेत दिदै आएका छन ।

पालिका अध्यक्ष कुँवरले भने असार हुने बिकास दिगो नहुने भन्दै निर्माण भइ रहेका विभिन्न योजनाहरुलाई जेठ मसान्तसम्म सक्नका लागि आफै स्थलगत अनुगमनमा हिडिरहेका छन ।

बर्दगोरियाका मुख्य सडकहरुलाई असार मसान्त सम्म पानी पिच गर्ने र अन्य स साना बाटोमा भएका खाल्डाखुल्डी पुर्ने रहेको छ ।

पालिका अध्यक्ष कुँवरको लक्ष्य अनुसार बिकास र समृद्धिको माग्रचित्रलाई अनुसरण गर्दै पालिकालाई उज्यालो पालिका बनाउने अभियान सार्थक बनाईसकेको छ ।

अहिले संचालन भइ रहेका पानी पिच संगै अन्य बिकास निर्माणका काम कतै ढिला सुस्ती हुन्छकि भन्ने उद्देश्यले तिब्रता दिन आफू निरन्तर अनुगमनमा गईरहेको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।

आगामी ६ महिना भित्र पालिकाका सम्पुर्ण बाटाहरु पानी पिच गर्ने र असार मसान्तसम्म सडकमा भएका खाल्डाखुल्डी पुर्ने गरि काम थालिएको पालिका अध्यक्ष कुँवरले बताए ।

बिगत देखिका जनताका समस्या र आवश्यकताहरूलाई अनुसरण गर्दै बिकास लगाएत अन्य क्षेत्रमा निरन्तर खटिनुले जनताले समेत पालिका नमुना बन्ने आशा गरेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार