कैलालीमा लागु औषध कसुर मुद्धामा फरार प्रतिबादी पक्राउ

कैलाली । कैलालीमा लागु औषध खैरो हेरोईन सम्बन्धी कसुर मुद्धामा तत्काल फरार रहेका प्रतिबादी पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ४ कौवापुर बस्ने बर्ष २२ को भिम नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालीलाई जेठ १६ गते हिजो साझ सोही गाउँबाट पक्राउ गरिएको हो । पक्राउ पछि उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार