बर्षातमा हुने हिलाम्मेलाई मध्य नजर गर्दै पालिका सनिवार पनि पानी पिच कार्यमा व्यस्त

बर्दगोरिया । बर्दगोरिया गाउपालिका बिकास निर्माणको कार्यमा तल्लीन बनेको छ । आज सनिवार पनि पानी पिचको काम जारी राखेको छ ।

बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरका अनुसार आज सनिवार पनि काम भइ रहेको बताए । उनले भने बर्षातको समय आउन थाल्यो,जनतालाई दु:ख नहोस भन्ने उद्देश्यले काम चलिरहेको छ । आफू जनताको सेवक भएका कारण जनताले कुनै किसिमको दु:ख पाउनु हुदैन भन्दै सनिवार पनि पानी पिचको कार्यलाई तिब्रता दिएको अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।

असार मसान्तसम्म पानी पिचको काम सक्ने गरि अगाडि बढिरहेको बर्दगोरिया गाउपालिका यतिबेला वडा नम्बर ४ मा पानी पिचको काम चालू राखेको छ ।

पालिलाले यो भन्दा पहिले वडा नम्बर ५ रामपुर देखि जोशिपुरको सिमा सम्म करिब ५ किलोमीटर र वडा नम्बर २ झगडपुर देखि वडा नम्बर ३ को जरैठाडा सम्म ४ किलोमिटर पानी पिच सम्पन्न गरिसकेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार