महालक्ष्मी आदर्श युवा क्लबद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको महालक्ष्मी आदर्श युवा क्लबले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार क्लब एक कार्यक्रमको आयोजना गर्दै वडाका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

क्लबका अध्यक्ष प्रेम सुनारका अनुसार वर्षातको मौसम विभिन्न रोग लाग्न तथा बिषालु किरा फटयांग्राले आक्रमण गर्ने र त्यसले मानवीय क्षति हुने हुँदा उक्त दुर्घटना नहोस् भन्दै आफुहरुले उक्त सरसफाइ कार्यक्रम गरेको बताए । आफुहरुले एक सामान्य तरिकाले समाज सकारात्मक प्रवाह दिने गरि उक्त सरसफाइ कार्यक्रमको आयोजना गरेको बताए ।

यस्तै नौलो प्रेस सङ्ग कुरा गर्दै- अध्यक्ष सुनारले पालिका तथा वडा सरकारले पनि यस्ता जनचेतनामूलक कार्यक्रम अगाडि सार्नु बताए ।

साथै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने वडा नम्बर ५ को सम्पुर्ण टिमलाई धन्यवाद समेत व्यक्त गरेका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार