कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य भण्डारीलाई

काठमाडौं । ५० हजार राशीको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य खिलबहादुर भण्डारीलाई, ३० हजार राशीको ३० हजार राशीको शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार त्रिभुवन पौडेललाई (मरोणपरान्त) र वेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार दिलमाया शाही लाई दिइएको छ ।

भण्डारी प्रेस सेन्टर नेपालका संस्थापक सदस्य एवम नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष, प्रेस काउन्सिल नेपालको पूर्व सदस्य रहनुभएको थियो ।

मरोणपरान्त पुरस्कार प्राप्त गर्ने पौडेल प्रेस सेन्टर नेपालको उपाध्यक्ष एवम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहनुभएको थियो । यस्तै पुरस्कृत हुनुभएका शाही विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा बसेर पत्रकारिता गर्दै आउनुभएको छ ।

प्रेस सेन्टर नेपालका सल्लाहकार बलराम थापाको नेतृत्वमा रहेको पुरस्कार छनौट समितिले पुरस्कृत हुने व्यक्ति छनौट गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार