बर्दगोरिया-२ मा घरेलु तथा लैङ्गकि हिंसा बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर २ मा १ दिवसीय घरेलु तथा लैङ्गकि हिंसा बिषयक अभिमुखिकरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को आयोजना र रुपान्तरणका लागि सामुदायिक संगठन संजालीकरण र सहकार्य (CONECT) Project को आर्थिक सहयोगमा उक्त कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि.क को अध्यक्षतामा तालिम सम्पन्न भएको हो । तालीममा वडाका विभिन्न समुहका करिब ६० जनाको सहभागीता रहेको थियो।

कार्यक्रम आफ्नो भनाइ राख्दै वडा अध्यक्ष बि.क ले आफुले आफ्नो वडाका महिला दिदीबहिनीलाई सक्षम बनाई वडाको बिकासमा जोड दिने हेतुका साथ तालिमको आयोजना गरेको बताए । सोही क्रममा तालिममा सिकेका कुराहरु आफ्नो दैनिक जिवनमा लागु गर्दै वडा तथा पालिकाको बिकासमा हातेमालो गर्न समेत सहभागी सम्पुर्णमा अनुरोध गरे ।

कार्यक्रमको संचालन वडा सचीव लक्ष्मण बोहराले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार